सिरहा, १९ चैत। सिराहा लगायत देशैभर सञ्चालनमा रहेको माध्यमिक परिक्षा शिक्षा परिक्षा (एसईई) दिनप्रतिदिन अमार्यादित बन्दै गईरहेको पाइएको छ। चैत १७ गतेवाट देशैभर सञ्चालनमा रहेको ंएसईईको दोस्रो दित गणित विषयको परिक्षामा सरोकारवाला सनकायको मिलेमत्तोमै व्यापक चिट चोरी गराउने गरेको पाइएको हो।
परीक्षामा नीजि विद्यालयहरुले जिल्ला परीक्षा समितिलाई समेत प्रभावमा पारेर चिट चोरी गराउने गरेका छन्। जिल्लाका नाम चलेका नीजि विद्यालयहरुले सरोकारबाला सवैलाई प्रभावमा पारेर मोवाइल र फ्ल्याप नै बनाएर परीक्षामा चोरी गराएका छन्।
जनता माध्यमिक विद्यालय सोनमती गाढा, लहान १९ सेन्टरमा व्यापकमात्रामा चिठ भेटिएको छ। परीक्षा सकिए लगतै पुगेको संचारकर्मीको समूहले कक्षाकोठामा यत्रतत्र फालिएको अवस्थामा फ्ल्याप फेलापारेको छ। त्यसमा सवै प्रश्नका उत्तर भएको सेटै प्रत्यक परीक्षा हलमा पुगेको फेला परेको छ।
यस सम्वन्धमा केन्द्राध्यक्ष अरविन्द कुमार दाससँग प्रतिक्रिया लिदा उनले कक्षा कोठामै केही विद्यार्थीले फ्ल्याप बनाएको पाइएको बताए। उनले भने, ‘बाहिरबाट कुनै चिठ आएको छैन, मेयरसहितका अनुगमनको क्रममा आएकै वेला दुई जना विद्यार्थी आफैले फ्ल्याप समेत तयार पार्दै गरको पाईएको थियो, अहिले उनीहरुलाई मैले नियन्त्रणमा राखेर कार्वाही सिफारिस गर्दै छु, त्यो बाहेक मैले सवै तिर निगरानी राखेको छु।’
केन्द्राध्यक्ष दासले सवैतिर प्रहरीको निगरानी भएकाले बाहिबाट कुनै चिठ आउने सम्भावनै नभएको बताए। उनले आफ्नो तर्फबाट परीक्षा मर्यादित बनाउन सवै कोसिस गरिरहेको बताए। तर, परीक्षा केन्द्र भित्रै शिक्षक प्रयोग फ्याप बनेको स्रोतले जनाएको छ।
यस परीक्षा केन्द्रमा जनता माध्यमिक विद्यालय गोर्छारी, एपालो ईङ्गलिस वोडिङ्ग स्कूल, मनोकामना ईङ्गलिस वोडिङ्ग स्कूल, प्यारागन ईङ्गलिस वोडिङ्ग स्कूल, सारदा आवासिय माध्यमिक विद्यालय, मोडर्न आदर्श स्कूल र नेशनल एकेडेमीको परीक्षा केन्द्र रहेको छ।
यहाँ जम्मा दुई सय २४ विद्यार्थीले परीक्षा दिईरहेका छन्। ६ वटा कक्षा कोठा प्रयोग गरेर लिईरहेको परक्षामा ११ जना गार्ड प्रयोग गरिएको केन्द्राध्यक्ष दासले जानकारी दिए।
त्यसैगरी, सिरहाको नरहा ४ स्थित जनता वनबाली उच्च माध्यमिक विद्यालय बर्छबाको परिक्षा केन्द्रमा पनि अनियमिता भएको पाइएको छ। यहाँ परीक्षार्थिले बोवाईल प्रयोग गर्ने गरेको पाईएको हो।
यस केन्द्रमा जिल्लामा नाम चलेका निजि विद्यालयहरु सिराहा पब्लिक, बुढा निलकण्ठ, वालविकास आवास्य मा.विद्यालय, द डायनामिक सेकेन्ड्री इ.वोर्डिङ स्कुल, र दुई समुदायीक विद्यालयको परिक्षा सेन्टर रहेको छ।
जनता माध्यमिक विद्यालय गोलबजार नपा ९ डण्डाकेन्द्रबाट परीक्षा सुरु भएको १५ मिनेट नवित्दै प्रश्नपत्र बाहिरिएको थियो। प्रश्नपत्र बाहिरिएको सुइको पाएपछि केन्द्राध्यक्ष सुरेन्द्र महतोले विद्यार्थीबाट तत्काल चार थान मोवाईल बरामद गरेको थियो। यस केन्द्रमा सगरमाथा माध्यमिक विद्यालय मिर्चैया, अक्षर पाठशाला, सप्तऋषी मोडेल स्कूल मिर्चैया लगायतको परीक्षा केन्द्र रहेको छ।
जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख राम वृक्ष महतोले परीक्षा शान्तिपूर्ण रुपले भईरहेको जानकारी दिए। उनले परीक्षामा मोवाईल र फल्याप प्रयोग बारे जानकारी नआएको बताए। उनलेभने, ‘मलाई कुनै परीक्षा केन्द्रमा फ्ल्याप र मोवाईल प्रयोग भएको सूचना छैन, म बुझ्ने प्रयास गर्दैछु।’
यो वर्ष ४० वटा परीक्षा केन्द्रहरुमा जिल्लाका ८५ सामुदायिक र ८६ संस्थागत विद्यालय गरी एक सय ७१ विद्यालयबाट चार हजार ६ सय ९२ छात्रा र पाँच हजार चार सय ५८ छात्र सहित १० हजार ६ सय ५० विद्यार्थी सहभागी भएका छन्। जसमध्ये प्राविधिक धारतर्फका केन्द्रबाट तीन सय ४९ जना विद्यार्थी १० परीक्षा केन्द्रबाट परीक्षामा सहभागी भएका छन्।