बर्दिवास, १८ चैत। महोत्तरीको बर्दिबास घर भएकी एक किशोरी आफ्नै बुवाको बलात्कारबाट गर्भवती भएको घटना सार्वजनिक भएको छ।
आमा नभएको मौका छोपेर बुवाले आफूलाई पटकपटक बलात्कार गर्दै आएको बयान किशोरीले प्रहरीसमक्ष दिएकी छन्।
गिरीका अनुसार केही महिनादेखि परिवारसहित भक्तपुरको ठिमीमा बस्दै आएका ती पुरुष नजिकैको इँटा भट्टामा काम गर्थे। आमा छोरी महोत्तरी घर आएको बेला यो घटना सार्वजनिक भएको हो।
पीडित किशोरी हाल आफ्नी आमासँगै बर्दिबासमा छिन्। किशोरीकी आमाले दोषीलाई पक्राउ गरी कारबाही गर्न इलाका प्रहरी कार्यालय बर्दिबासमा उजुरी दिएकी छन्। किशोरीकी आमाले छोरी गर्भवती भएको तीन दिन अगाडि मात्र थाहा पाएको बताएकी छन्।
‘पीडित किशोरीकी आमाकोतर्फबाट बर्दिबास प्रहरीमा जाहेरी परेको छ, हामीले त्यो जाहेरी हिजै भक्तपुर प्रहरीलाई पठाएका छौँ,’ डीएसपी गिरीले भने, ‘स्वास्थ्य परीक्षणमा किशोरीको पेटको गर्भ पतन गर्न सक्ने अवस्थामा छ।’
पीडित किशोरीकी आमाका अनुसार विगत तीन महिनादेखि रजश्वला नभएपछि शंका लागेर छोरीलाई सोधीखोजी गर्दा आफूमाथि बुवाले पटकपटक कुकृत्य गरेको बताएकी हुन्।
प्रहरीका अनुसार पीडित किशोरी परिवारकी जेठी छोरी हुन्। उनी स्कुल जान्नन्। उनका एक भाइ र एक बहिनी छन्।
गएको कात्तिकमा आफूलाई बुवाले पहिलोपटक आमा नभएको बेला करणी गरेको बयान उनले दिएकी छन्। त्यसपछि पनि आमाको आँखा छलेर धेरैपटक आफूलाई बुवाले करणी गरेको उनको भनाइ छ।
करणीको विषयमा कसैलाई जानकारी गराए परिवारका सबै सदस्यलाई मारिदिने धम्की बुवाले दिएकाले आफूले लामो समयदेखि घटना लुकाएर राखेको पीडित किशोरीले बताएकी छन्।
नेपालखवरबाट।