सिरहा, १५ चैत। सिरहाको गोलबजार नगरपालिकाले मेयर श्याम कुमार श्रेष्ठमाथि मोविल छ्यप्ने कार्यमा संलग्नहरुलाई कडा कार्वाहीको माँग गरेको छ। मंगलवार अपरान्ह मेयर श्रेष्ठमाथि विभिन्न आरोप लगाउँदै मोविल छ्याप्ने समूहलाई तत्काल पक्राउ गरी कडा कार्वाहीको लागि आज नगरपालिकाले पत्रकार सम्मेलनगरी यस्तो माग गरेको हो।
उनले तत्काल घटनाका दोषीहरुलाई पक्राउ गरी प्रहरीले कार्वाही नगरे अझै ठूलो आन्दोलन हुने चेतावनी दिए। पत्रकार सम्मेलनमा मेयर श्रेष्ठले भने, ‘हामी प्रहरीले घटनामा संलग्नहरुलाई तत्काल प्रहरीले पक्राउ गरी कार्वाही गरोस भन्नेमा छौं, हामी आजै नै पक्राउ परेका विरुद्ध उजुरी दर्ता गराउँदै छौं।
पत्रकार सम्मेलनमा मेयर श्रेष्ठमाथि नेपाल कम्यूनिष्ट पार्टी बहुमतले लगाएको लगुवित्त मार्फत गरिव जनतालाई उठिवास लगाएको, मिटरव्याजीहरुलाई संरक्षण गरेको, हटियाको करमा एक करोट ५२ लाख ब्रम्हलुट गरेको आरोप कपोकल्पित र झुठो भएको बताए।
विज्ञप्तीमा गोलबजार १ मुक्सार बाटोको ६२ लाख हिनामिना गरेको, अवैधानीक तरिकाले नदिको दोहन गरेको, अन्याय पूर्ण तरिकाले नगरपालिकामा कार्यरत कर्मचारी हटाईएको र हाम्रा नेता कार्यकता विरुद्ध सुराकी गरेको आरोप मिथ्या रहेको बताए।
उनले भने, ‘बजार ठेक्काको रकम, नदिबाट उठेको रकम नगरपालिकामा जम्मा नभएको र त्यसबारे आफूले पटक पटक ताकेता र आवाज उठाउँदै आएको छु।’
आफू मीटरव्याज पीडितको पक्षमा रहेको, अहिले नेपालमा कुनै पार्टी भूमिगत नभएको र उनीहरुप्रति सुराकि गर्न जरुरी नै नरहेको पनि मेयर श्रेष्ठले बताए।
मेयर श्रेष्ठले नेपाल कम्यूनिष्ट पार्टी बहुमतले लगाएको आरोप पार्टीका उच्च पदस्थ नेताहरुलाई प्रमाणित गरेर देखाउन चुनौति दिएका छन्। उनले भने, ‘म पनि राजनीतिक गरेर आएकै व्यक्ति हु, उनीहरुले लगाएको कुनै एउटा आरोप सत्य सावित गरेर देखाउन उहाँहरुलाई मेरो चुनौति छ।’
मेयर श्रेष्ठमाथि प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षबाट निस्किएर गाडी चढ्ने बेला एकजना अपरिचित व्यक्तिले केही कागजहरु दिएजस्तो गरिरहेकै वेला सँगै आएका आर्को व्यक्तिले मेयर कालो मोविल खन्यायका थिए।
घटनापछि आज विहान नेकपा एमालेका कार्यकर्ताले आज विहान नारावाजी गर्दै एक घण्टाभन्दा बढी पुर्व पश्चिम राजमार्ग अन्तर्गत गोलबजारमा सडक अवरुद्ध गरेका थिए। प्रहरीले बल प्रयोग गरी बाटो खुलाएको छ। फरार रहेकाहरुलाइ खाज तलास गरिरहेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका नि.प्रवतmा प्रहरी निरिक्षक शंकर चौधरीले जनाएको छ।