सिरहा, १४ चैत। सिरहा प्रहरीले जबरजस्ती करणी अभियोगमा एक युवकलाई पक्राउ गरेको छ। २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लक्ष्मिपुर पतारी गाउँपालिका ३ हरीनगरका २८ वर्षीय प्रदिप साहलाई सोमबार राति पक्राउ गरेको हो।
साहलाई ती महिलालाई सखुवानान्कारकट्टी गाउँपालिका २ तिनकुने चोकस्थित गहुँ बारीमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेशवारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरले जनाएको छ।
घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ।