सिरहा, २७ फागुन। सिरहा एक ईँटाउद्योगमा पर्खाल भत्किदा ६ जना महजदुर घाईते भएका छन्। गोलबजार ५ स्थित माँ धमिनी ईट्टा उद्योगको गोलभित्र रहेको पर्खाल भत्किदा उद्योगमा कार्यरते छ जना घाइते भएका हुन्। घाइतेमध्येय एकजनाको अवस्था गम्भिर रहेको छ।
पर्खालले किचेर ४२ वर्षीय राम विलास सदाय, ३९ वर्षीय देविया सदा, १६ वर्षीय चन्दन सदा, २२ वर्षीय मोदिया सदा, विजय सदा र नगरहा गाउँ पालिकाका जयनाथ सदा घाईते भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ। घाइते मध्ये जयनाथको अवस्था चिन्ताजनक रहेकोले थप उपचारको लागि धरान पठाइएको छ। अन्यको उपचार गोलबजारस्थित लाइफ लंग क्लिनिकमा भइरहेको छ।
काँचो ईंटा पकाउने गोलभित्र रहेका पर्खाल पुरानो एवम् जिर्ण भएका कारण भत्किएको हुन सक्ने आकलन गरेको छ।
गोलबजार आसपास दुई दर्जन भन्दा बढी ईट्टा उद्योगहरु रहेका छन्। उद्योग संचालकहरुको लापरवाहीका कारण गोलभित्र पर्खाल भत्किएर वर्षेनी मजदुरहरु घाईते र मृत्यु समेत हुने गरेको छ।
ईंटा उद्योगमा कार्यरत मजदुरहरुलाई समान्य सुरक्षाको व्यवस्था समेत नमिलाउँदा यस्तो खालको घटना हुने गरेको जानकारहरु बताउँछन्।
माँ धमिनी ईट्टा भट्टा संचालक देव प्रसाद श्रेष्ठले घाइते भएका कामदारहरुको सम्पूर्ण खर्च आफूले व्यहोर्ने जनाएको छ।
ईलाका प्रहरी कार्यालय गोलबजारले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।