फाईल फोटो।

उयदपुर, २७ फागुन। उदयपुरमा आगलागीमा परि दुई बालबालिकाको मृत्यु भएको छ। रौतामाई गाउँपालिका ८ का रामबहादुर बुर्जा मगरको घरमा आगलागी हुँदा उनको ६ वर्षीया छोरी जस्मिन र २ वर्षीय छोरा रोजनको मृत्यु भएको हो।

विद्युत सर्ट भएर आगलागी घर जल्दा त्यसैमा परेर दुई बालबालिकाको ज्यान जानुको साथै १० लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक राकेशकुमार पोदारले जानकारी दिए।

आगो हिजो बेलुका नै निभाएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ।