सिरहा, २६ फागुन। संयुक्त दलित मोर्चा, सिरहाले दलित समुदायलाई अपमानित हुने व्यहार गर्ने भगवानपुर गाउँपालिका अध्यक्ष उग्र नारायण यादवलाई कानुन बमोजिम हदैसम्मको कार्वाहीको माँग गरेको छ। पाउँ पालिका यादवले छुवाछुलाई संस्थागत हुनेगरी आमाको १३ औँ पुण्यतिथिमा आयोजित भोजमा दलित समुदायलाई प्लेकार्ड र फ्लेक्स टाँसेरै छुट्टै भोज ख्वाएको भन्दै उनीमाथि कार्वाही माँग गर्दै शुक्रवार ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्रमा भनिएको छ, ‘दलितहरुमाथि भएको जघन्य अपराधमा संलग्न व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याएर कार्वाही नगरे हामी सशक्त आन्दालेनमा उत्रिनबाध्यहुने छौं।’ साथै भोजमा पूर्व मन्त्री, वाहालवाला प्रदेश मन्त्री, संघिय तथा प्रदेश सासंद, जिल्ला काप्रमुख प्रशासकहरु जस्ता सार्वजनिक पदधारण गरेका व्यक्तिहरुको पनि उपस्थिति रहेकोले उनीहरुले तत्काल सार्वजनिक रुपमा माफी माग्नुपर्ने पनि विज्ञप्तीमा उल्लेख गरेको छ।

नेकपा एमालेका जिल्ला सचिव समेत रहेका भगवानपुर गाउँपालिका अध्यक्ष यादवले फागुन २२ गते सोमबार आमाको मृत्युको १३ दिने भोजको आयोजना गरेका थिए। त्यहि भोजमा दलित, गैरदलित र मुस्लिम समुदायलाई प्लेकार्ड र ब्यानार नै राखेर छुट्टाछुट्टै भोजको आयोजना गरिएको थियो।

जुन भोजमा जिल्लाका नेकपा एमालेका नेता तथा सासंद, पूर्वमन्त्रि, वर्तमान प्रदेश मन्त्री र प्रमुख जिल्ला अधिकार, प्रहरी प्रमुख लगाएतका उपस्थिति रहेको थियो।

मोर्चाले बुझाएको विज्ञप्तीमा ‘वि.सं. २०७२ सालको संविधानले समानताको हक (धारा १८), छुवाछुत तथा जातीय भेदभाव विरुद्धको हक (धारा २४), दलितको हक (धारा ४०) र सामाजिक न्यायको हक ( धारा ४२) ले दलितहरुको मानव अधिकार प्रत्याभूत गराएको धारालाई कुन्ठित गराएको छ’, उल्लेख गरेको छ।

334868104_227199493030383_7594695381712393240_n