सिरहा, २५ फागुन। राष्ट्रिय दलित आयोगले कानुनको उलङ्घन गर्दै दलित समुदायलाई अलग राखेर भोज खुवाउने भगवानपुर गाउँपालिका अध्यक्ष उग्र नारयण यादवलाई पक्राउ गरी कानूनी कारवाही गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ। कानूनको उलङ्घन जो सुकैले गरेको भएपनि त्यो दण्डनिय हुने भन्दै दलित समुदायलाई व्यानरै राखेर अलगै भोजखुवाएको भन्दै गाउँ पालिका अध्यक्ष यादवलाई तत्काल नियन्त्रणमा लिई कानुन कमोजिम कारवाही गर्न ध्यानाकर्षण गराएको हो।

आयोगका अध्यक्ष देवराज विश्वकर्माद्वारा आजै जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘कानूनको उलङ्घन गर्ने जो सुकै होस् त्यो दण्डनिय हुन्छ। अतः कभगवानपुर गाउँ पालिका अध्यक्ष उग्र नारायण यादवलाई नियन्त्रणमा लिई कानुन बमोजिक कारवाही गर्न र अपमानित दलित समुदायको मानव अधिकरको संरक्षण गर्न नेपाल सरकारको ध्यानाषर्ण गराउँदछौं।’

यादवले गत २२ फागुनमो आफ्नी माताको स्वर्गरोहणको कृया भोजमा कथित पानी नचल्ने दलित जाति र गैर दलितहरुलाई व्यानरै झुण्ड्याएर अलग अलग राखी भोज खुवाएका थिए। त्यसको सञ्चार विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशित भए पछि आयोगको ध्यान आकर्षित भएको आयोगले जनाएको छ।

आजै दलितहलाई अपमानित हुनेकार्य गरेको भन्दै भगवानपुर गाउँ पालिका अध्यक्ष यादवलाई कार्वाहीको माँग गर्दै संयुक्त दलित मोर्चा, सिरहाले विप्तरी जारी गरेको छ। मेर्चाका सचिव रविन कुमार महराद्वारा जारी विज्ञप्तीमा उत्पिडनमा परेका समुदायलाई छुट्टै भोज खुवाउने कार्य निन्दनिय भएको भन्दै यसलाई निरुत्साहित गर्न सम्पूर्ण मानव अधिकारको क्षेत्रमा काम गर्ने व्यक्ति एवम् संस्थाहरुलाई सहयोग गर्न आग्रह गरेको छ।

dalit aayog