• आशिष विश्वकर्मा

सिरहा, २४ फागुन। प्रमीले छोडेर हिडेपछि सिरहामा एक महिला विचल्लिमा परेकी छन्। सिराहाको सुखीपुर नगरपालिका ३ सलमपुरका कुलदिप दाससँग प्रेम विवाह गरेकी सुलेना दास प्रेमी श्रीमान कुलदिप फरार भएपछि विचल्लीमा परेकी हुन्।

दुईवर्ष अघि प्रदिप र सुलेनाले पे्रेम विवाह गरेको सुलेनाले बताए। सुखीपुरमा टेन्टको बाजा बजाउने काम गर्दै आएका कुलदिपसँग नजिकिएकी उनले आफू गर्भवती भएको बताएपछि श्रीमानले गोलबजारमा डेरा खोजेर राखिदिएको बताइन्। केही समयपछि छोरा जन्मेको उनी अहिले फेरी अर्को सन्तानलाई जन्मदिने अवस्थामा छिन्। उनले भने, ‘पहिलो सन्तान दुई वर्षको छ, अहिले फेरी यहि फागुनको अन्ततिर सुत्केरी हुन्छु, तर मेरो पति नै फरार भएको छ।’

‘डेरामै रहँदा कहिलेकाहीं आउने श्रीमानले एकाध हजार दिएर जान्थे, त्यही बेला गर्भवती भएछु’ उनले भनिन् ‘श्रीमान आएका बेला आफू तीन महिनाकी गर्भवती भएको कुरा सुनाएपछि जुसमा गर्भपतन गर्ने औषधि मिसाएर खुवाएर गर्भपतन गराए।’ किन त्यसो गरेको भनेर रोइकराई गर्दा आफूले त्यस्तो केही नगरेको भन्दै फकाउँदै बेला बेलामा आउने श्रीमानसँगको सम्बन्धको कारणले पुनः तेस्रो पल्ट गर्भवती बनेकी उनले स्वास्थ्यकर्मीले प्रसूती हुन फागुको अन्तिम साता तोकिदिएको बताइन्। ‘प्रसूती हुने समय नजिकिंदै गर्दा श्रीमान डेरामा पनि आउँदैनन्, दुई छाक खान समेत गाह्रो परिरहेका बेला कसरी प्रसूती गराउने भन्ने चिन्तामा छु’ उनले भनिन्।

गर्भवत्ति सुनैना अहिले कसको साहारामा सुत्केरी हुने चिन्तामा छन्। काखे बालक र अर्को जन्मने अवस्थाको गर्भले उनी अहिले ब्याकुल रहेको छ।

कुलदिपले ल्याएपनि उनको घरपरिवारले नस्वीकारेकाले घर जान नसकिएको र आफ्नै मर्जिले विवाह गरेकाले माईतजाने अवस्था पनि नरहेको सुनैनाले सुनाए। उनले भने, ‘घर जाउँ सासु ससुराले तलाई चिन्दैनौं हामी भन्दै पस्दै दिदैन, आफ्नै मर्जीले विवाह गरेकाले माईत जान पनि सक्दिन।’

महिला अधिकारका लागि कृयाशील स्थानीय मुक्ति नेपालले गर्भवती दासलाई मनोविमर्श सेवा, स्वास्थ्य उपचारमा सहयोगसहित जिल्ला प्रहरीमा निवेदन दिन सघाएपछि श्रीमान करिब महिना दिनअघि निवेदन फिर्ता लिन दबाब दिंदै कुटपिट गरेर फरार भएको उनले बताइन्। ‘काखमा दुई वर्षको छोरो, अर्को जन्मिने अवस्थामा आफूलाई खान लाउन समस्या छ’ उनले सुनाए।

विवाह गरेको दुई वर्ष वितिसकेपनि उनको नागरिक्ता वनेको छैन। माईतिबाट जन्म प्रमाणित ल्याएको कागजपनि श्रीमानले लिएर हिडेको सुनैनाले बताएईन। उनले भने, ‘अरु केही नभएपनि तत्काल नागरिकता, विवाह दर्ता र छोराको जन्मदर्ता बनाई दिए हुनेथियो।’

महिला मानवअधिकार रक्षक संजालकी राष्ट्रिय अध्यक्ष समेत रहेकी मुक्ति नेपालकी कार्यकारी निर्देशक श्यामकुमारी साहले सुलेनामाथि भइरहेको संरचनागत हिंसामा उनलाई नै दोषी देख्ने घर परिवार, समाज, कानून कार्यान्वयनकर्ताहरुको महिलाप्रतिको सोच, निष्कृयता र असंवेदनशीलता रहेको बताइन्।

barger