सप्तरी, १८ फागुन। सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँ पालिकाको स्वास्थ्यका आकस्मिक सेवा बाहेक अर्को सम्पूर्ण काम काज स्थगन गरिएको छ। गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले मादक पदार्थ सेवन कार्यालय समयमा कार्यालयमै पसम्पूर्ण कर्मचारीहरु लाई गालीगलौज गरेको भन्दै अनिश्चित कालको लागि सम्पूर्ण कामकाज स्थगत गरेको हो।

गाउँपालिका अध्यक्ष चौधरीले मादक पदार्थ सेवन गरि स.१ झ ५०८ नक्वरको कार्यालयको गाडीकामा कार्यालयमा प्रवेश गरि सम्पूर्ण कर्मचारीहरुलाई गाली गलौज, अपशब्द, थर्काउने जस्ता अनुचित कार्य गरेकाले स्वास्थ्यको आकस्मिक सेवाबाहेक सम्पूर्ण कार्य स्थगित गरिएको प्रमुख प्रशासकिय अधिकृत भिमप्रसाद पराजुलीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ।

यस सम्वन्धिमा गाउँ पालिका अध्यक्ष चौधरीसँग सम्पर्क कर्दा उनको मोवाईलको स्विच अफ रहेको बताउँछ ।

barger