सप्तरी, १६ फागुन। सप्तरीको छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनरुप नगरपालिका ९ विष्णुमन्दिर नजिक दुई वटा जीप आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो।
दुर्घटनामा परी सुनसरीको दुहबी नगरपालिका ३ का ४५ वर्षीया राजकुमारी चौधरी र ४० वर्षका हरेराम साह हलुवाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। दुर्घटनामा १२ जना घाइते भएका छन्।
उनीहरुलाई स्थानीय धर्मेश्वर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगर रेफर गरिएको ।
त्यसैगरी, सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका ३ पोर्तहामा कारले पैदल यात्रुलाई ठक्कर दिँदा ३५ वर्षीय एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको परिचय खुल्न सकेको छैन।