विराटनगर, १२ फागनु। पाँचथरमा भएको आगलागीमा परी दुई बालकको जेलेर मृत्यु भएको छ। जिल्लाको हिलिहाङ ७ यवाडाँडास्थित प्रेम पन्थाकको घरमा आगलागी हुँदा हिलिहाङ ५ का श्रवण पन्थाकका छोरा ५ वर्षिय सेसेहाङ पन्थाक र फिदिम ५ का सन्तोष खातीको छोरा ४ वर्षिय निशान खातीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी हरि खतिवडाका अनुसार अपरान्ह ४ बजेको समयमा पन्थाकको घरको मचानमा उनीहरुको शव जलेको अवस्थामा फेला पारेको थियो।
जलेर मृत्यु भएका सेसेहाङ घरमुली प्रेमको भतिजो र खाती छोरीको छोरा भएको प्रहरीले जनाएको छ।
घरमा ठूला मानिस कोही नभएको अबस्थामा खरले छाएको घरमा आगलागी भएको थियो। विस्तृत विवरण आउन बाँकी छ।