फाईल फोटो।

नवलपरासी, ९ फागुन। नवलपरासीको गण्डक नहरमा दुई छोरासहित आमाले हाम फालेकी छन्। मंगलबार अपरान्ह २ बजेतिर नवलपरासीको सुस्ता गाउँपालिका २ हरकपुरास्थित गण्डक नहरमा सोही वडाको महलबारी बस्ने २९ वर्षीया प्रतिमा थारूले ९ वर्षीय छोरा क्रिश र ७ वर्षीय सुमितलाई लिएर हामफालेकी हुन्।

नहरमा हामफलेकाउनीहरूको अवस्था अझै अज्ञात रहेको फालेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेले जानकारी दिए। दुवै छोरालाई दुईतिर काखमा लिएर हाम फालेको प्रत्यक्षदर्शीलाई उद्दृत गर्दै प्रहरीले जनाएको छ। उनीहरुको खोजीकार्य भईयरहेको छ।

उनका श्रीमान् वैदेशिक रोजगारमा गएका छन्। उनलेहामफाल्नुको कारण बारे अनुसन्धान भइरहेको प्रहरी प्रहरीले जनाए।

barger