सुनसरी, ९ फागुन। धरानमा ग्याँस सिलिन्डर विस्फोट हुँदा ८ जना घाईते भएका छन्। धरान १७ का आदर्श चोकमा सबिता राईको घरमा डेरा गरी बस्ने अञ्जना राईको कोठामा सोमबार साँझ ग्याँस चुहावट भएर विस्फोट हुँदा ८ जना घाइते भएका हुन्।
घाइते हुनेहरूमा घरधनी २७ वर्षीया सबिता राई, कोठाभाडामा बस्ने ४२ वर्षीया अञ्जना राई, ६५ वर्षीया रामकुमारी राई, ८ वर्षीय साङ्केन राई, १० वर्षीय सुमिहाङ राई, कोसी ग्याँसका प्राविधिक धरान ११ बस्ने १९ वर्षीय अनिश कार्की र सिराहा बन्दीपुर बस्ने १८ वर्षीय वासुदेव खड्का छन्।
घाइते भएकामध्ये दुई जना अस्पतालबाट डिस्चार्ज भएका छन्। घटनामा परी घाइते ८ जनामध्ये ८ वर्षीय साङकेन राई र १० वर्षीय सुमिहाङ राईलाई डिस्चार्ज भएको प्रहरीले जनाएको छ।
कोसी ग्याँसको सिलिन्डर घरमा ल्याएर जोड्ने क्रममा दिउँसो ग्याँस चुहावट भएको थाहा पाएर बनाउने मानिस बोलाएर मर्मत गर्ने क्रममा साँझ ग्याँस सिलिन्डर विस्फोट भएको थियो। विस्फोटमा परी घाइते भएका ८ जनामध्ये अहिले २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।