चलचित्रमार्फत वीरगञ्जको पर्यटन प्रबद्र्धन गर्नुपर्नेमा जोड

    • फाल्गुन १, २०७९
    • ३४९ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सूर्य वि.क.

    वीरगञ्ज, १ फागुन। वीरगञ्जले चलचित्रमार्फत पर्यटन भित्र्याउने प्रचुर सम्भावना बोकेको कान्तिपुर फिल्म एकेडेमीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) प्रकाश पुरीले बताए। चलचित्र पत्रकार संघ पर्साले सोमवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सिईओ पुरीले वीरगञ्ज आर्थिक एवम् व्यापरिक नगरीसँगै कला र कलाकारको शहरसमेत भएको बताएको हो।

    वीरगञ्जकै निर्देशक र मुख्य कलाकारलाई समावेश गरिएको वेब सिरिजले उनीहरुलाई अझै राम्रो अवसर प्रदान गर्नेमा उनले बताए।

    वेब सिरिज ‘मिस स्कार्लेट’ को छायांकनका क्रममा वीरगञ्जमा बिताइएको दुई हप्ताको समयले यहाँको रहनसहन, चालचलनसँगै रितिरिवाज र संस्कृति केही हदसम्म बुझ्न पाइएको बताउँदै उनले ति संस्कृतीलाई चलचित्रमार्फत जगेर्ना गर्नुपर्नेमा उनले जोड दिए।

    वेब सिरिजमार्फत निर्देशनमा डेब्यु गरेका निर्देशक बलिराम चौहानले भाषा र स्थानभन्दा पनि चलचित्रको कथावस्तु र गुणस्तरमा प्रतिस्पर्धा गर्ने समय भएको बताए। मिस स्कार्लेट वेब सिरिज निश्चित क्षेत्र भन्दा पनि विश्वका हरेक ठाउँका व्यक्तिले अपनत्व गर्ने दावी चौहानको छ । उनले भने, ‘यो सिरिजको कथा वस्तुले सानो बालकदेखि बृद्धसम्मको अवस्थालाई चित्रण गरेको हुँदा सबैले मन पराउनुहुन्छ भन्नेमा हाम्रो टिम ढुक्क छ।’ थुप्रै नेपाली चलचित्रको छायांकन गरीसकेका छायांकार शेरबहादुर तामाङ्सहित दर्जनौ चलचित्रहरुमा सहायक निर्देशन गरीसकेका सुदिप कुवँर लगायतसँग काम गर्न पाउँदा गर्वान्वित महसुस भएको पनि चौहानले सुनाए।
    वेब सिरिजका मुख्य सहायक निर्देशक सुदिप कुवँरले प्रचुर सम्भावना भएर पनि वीरगञ्ज निर्देशक एवम् निर्माताहरुको नजरमा पर्न नसकेकोमा चिन्ता व्यक्त गरे। तेस्रो पटक वीरगञ्ज आउँदा धेरै कुराको परिवर्तन भएको उनी बताउँछन्। व्यवसायिक शहरमा चलचित्रको पनि बजार बिस्तार गर्न सकेमा नेपाली चलचित्र उद्योगले यहाँबाटै पनि राम्रो उपलब्धी हुने उनको बुझाई छ।

    सिरिजमा प्रमुख भूमिका निभाएकी गीत बिष्टले पनि वीरगञ्जमा छायांकनको अनुभव अविस्मरणीय भएको बताइन्। सबै टिमसँग काम गर्दा कुनै पनि किसिमको असहज नभएको बताउँदै उनले पारिवारीक माहोलले अभिनयलाई पनि सहज बनाइदिएको प्रतिक्रिया दिइन्।

    बिष्टकै भनाईमा समर्थन जनाउँदै कलाकार शबी थापाले पनि निर्माण पक्षले केही कुराको पनि कमी हुन नदिएको बताइन्। यसपटकको वीरगञ्ज बसाई समग्रमा सुखद भएको बताउँदै उनले फेरी पनि चलचित्र सुटिङ्देखि अन्य कामले पनि वीरगञ्ज आउने इच्छा प्रकट गरीन्।

    चर्चित निर्माण टिमसँग काम गर्ने अवसर पाउँदा वीरगञ्जका कुल श्रेष्ठ (कमल ओझा) पनि मक्ख छन्। यही सिरिजमार्फत नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेका श्रेष्ठ दर्शकहरुले आफ्नो अभिनय र सिरिजको कथावस्तुलाई रुचाउनेमा विश्वस्त छन्।

    छलफलका क्रममा कलाकार दिपक खड्की, सुमित्रा अधिकारी, दिलिप नेपाल लगायतले पनि आ–आफ्नो अनुभव सुनाएका थिए।

    कार्यक्रममा चलचित्र पत्रकार संघ पर्साका सल्लाहकार निरज पिठाकोटे, सहसचिव प्रणय साह, सदस्यहरु शम्भु सुमन, रञ्जित यादव लगायतले वीरगञ्जमा चलचित्रको बजार र यहाँका चलचित्र हलहरुको अवस्थाका बारेमा चर्चा गरेका थिए।

    कान्तिपुर फिल्म एकेडेमीले बनाइरहेको सिरिजको तीन एपिसोडसम्मको छायांकन सोमवार सम्पन्न भएको छ। माघ २० गते वीरगञ्जको गण्डकस्थित कलार्क रिसोर्टबाट सुरु भएको छायांकन वीरगञ्जको आदर्शनगर, घण्टाघर, टाउन हल, चिकेन स्टेशन, ज्ञानदा एकेडेमी लगायतका स्थानको दृश्य सिरिजमा राखिएको फिल्म एकेडेमीले जानकारी दिएको छ।

    कार्यक्रमको सहजीकरण संघका सचिव सूर्यनारायण वि.क.ले गरेका थिए।

    barger

     

    आजदेखि कक्षा १२ को प ...

      काठमाडौं, १४ बैशाख। आज देखि कक्षा १२ को परी ...

    लहानबाट पाँच वर्षिय ...

    लहान, १३ बैशख। सिरहा प्रहरीले आफ्नै पाँच वर्षिय छोराको ...

    बजारमा निम्न गुणस्तर ...

      काठमाडौं, १३ बैशाख। काठमाडौँ महानगरपालिकाले च ...

    १६ औँ योजनाले एकीकृत ...

    काठमाडौं, १३ बैशाख।   प्रधानमन्त्री पुष्प ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल