सिरहामा मापदण्डविपरित सञ्चालित क्रसर उद्योगहरु बन्द

    • पुष २८, २०७९
    • ४३८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिराहा २८ पुस। प्रशासनले सिराहा जिल्लामा अवैध रुपमा संचालिते क्रसर उद्योगहरु बन्द गराएका छन्। गत पुस २० मा गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न गरिएको परिपत्र अनुसार जिल्लामा बर्षौदेखि मापदण्ड विपरित तथा नविकरण नगरी चलाईरहेका क्रसर उद्योगहरु बन्द गराइएका हुन्।

    मन्त्रालयको परिपत्रको पालना गर्दै नियम विपरीत सञ्चालनमा रहेका क्रसर बन्द गरिएको प्रमुख जिल्ला अधिकारी लाल बावु कवाडीले जानकारी दिए। उनले भने, ‘जिल्लामा रहेका २३ वटा क्रसर तत्काल एक साताको लागि बन्द गरिएको छ, एकसाताभित्र सवैको स्थलगत अनुगमनपछि आवश्यक निर्णय लिन्छौं।’

    जिल्लाका २३ वटा क्रसर उद्योग मध्येय ७ वटाको मात्र नविकरणको समय बाँकी रहेको छ। बाँकीसवैको नविकरण समय समेत समाप्त भईसकेको घरेलु तथा सानाउद्योग कार्यालयले जनाएको छ।

    आज विहिवारबाटै आइरेको र नविकरणको समय बाकिँ रहेकाहरुले संचालनमै राखेको लगायतका सबै क्रसर उद्योग, नदिजन्य पदार्थ ढुङगा, गिट्टी, वालुवा उत्खनन्, संकलन र विक्रि वितरण समेत एक हप्ताकालागी बन्द गरिएको जिल्ला अधिकारी कवाडीले बताए।

    आज बसेको जिल्ला अनुगमन समितिले ‘ढुङगा, गिट्टी, वालुवा उत्खनन्, बिक्रि वितरण तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ र वालुवा गिट्टी उत्खनन्, संकलन, क्रसिङ तथा बिक्रि वितरण र क्रसर उद्योग स्थापना वा संचालनलाई व्यवस्थित गर्ने कार्यविधि २०७५ बमोजिम नविकरण भएका तथा संचालनमा रहेका क्रसर उद्योग समेत बन्द गर्ने निर्णय गरिएको जिल्ला समन्वय समितिका उपप्रमुख दिलिप कुमार लामाले जानकारी दिए।

    उनले भने, ‘दर्ता भई नविकरण भएका एवम् संचालनमा रहेका उद्योगहरुको हकमा समेत हाललाई बन्द गरी ती उद्योगहरु ्नियामानुसार संचालन भए/नभएको सम्बन्धमा स्थलगत अनुगमन पश्चात मात्र आवश्यक निर्णय गरिने बैठकले निर्णय गरेको उपप्रमुख लामाले बताए।

    कर्जन्हा नगरपालिका २ श्री जगदम्वा ढुगां क्रसिङ्ग उद्योग, वडहारामाल ४ को जानकी क्रसर उद्योग, कमलेश्वरी वालुवा प्रशोधन उद्योग प्रा.लि.कर्जन्हा ७ , संग्रिाला गिटी बालुवा प्रशोधन केन्द्र, सुखिपुर–१० , जय काली ढुंगा क्रसिंग उघोग, वस्तीपुर ९, हिमाल क्रसिड. उद्योग, वस्तीपुर ९, माँ संतोषी क्रसिङ्ग उघोग, आसोपुर वलकवा ८, स्वेच्छा वालुवा प्रशोधन उद्योग, धनगढीमाई ९, एस एण्ड सन्स कंक्रिट उद्योग, मिर्चैया ७, कमलामाई क्रसर उद्योग कर्जन्हा ७, लगायत जिल्ला भरीमा वर्षौदेखि मापदण्ड विपरित अवैध रुपमा सञ्चालित २३ वटा क्रसर उद्योगहरुलाई बन्द गराइएका हुन्।

    जिल्लामा दर्ता नभएका समेत उद्योगहरु सञ्चालनमा रहेका छन्। त्यसको पनि नियमन गरिने अनुगमन समितिले जनाएको छ।

    GBR UBS

     

    सिरहा यातायातमा १५ द ...

    आशिष विश्वकर्मा सिरहा, १० बैशाख। यातायात व्यवस्था कार् ...

    तराईमा पाँच दिनसम्म ...

    सिरहा, १० बैशाख। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम ...

    गोलबजारमा विशेषज्ञ स ...

    सिरहा, ९ बैशाख। मिर्चैया नगरपालिकाका मेयर श्रवन कुमार य ...

    दलीय राजनीतिमा सक्रि ...

    काठमाडौ, ९ बैशाख। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल