वीरगञ्ज, २७ पुस। पर्सामा कोइला बालेर सुतेका दुई जनाको निसासिएर मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका २ को त्रिपति ट्रेडिङ एण्ड सप्लायर्सको कोइला डिपोमा गए राति कोइला बालेर सुतेका भारतको मोतिहारी जिल्लाका २९ वर्षका पवित्र गिरी र बहारका मिथलेश यादवकाृ मृत्यु भएको हो।
अत्यधिक जाडोका कारण उनीहरू गए राति कोइला बालेर झ्याल र ढोका थुनेर सुतेका दुवैजनाको सुतेकै अवस्थामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
नारायणी अस्पतालबाट पुगेका डाक्टरले अक्सिजनको कमी हुँदा उनीहरूको निसासिएर मृत्यु भएको बताएका प्रहरीले जनाएको छ।