सिरहा, २६ पुस। प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सरकारले संचारक्षेत्रलाई औपचारीक रुपमामात्र हेरीरहेको आरोप लगाएको छ। सिरहाको गोलबजारमा काउन्सिलद्वारा आयोजित ‘पत्रकार आचारसंहिता, मिडिया विकासकोष र पत्रपत्रिका वर्गिकरण’सम्वन्धि अन्तकृया कार्यक्रममा बस्नेतले नेपालमा भएका हरेक राजनीतिक परीवर्तनको आन्दोलनमा संचारमाध्यमको महत्वपूर्ण योगदान रहेपनि संचार सरकारको प्राथमिकतामा नपरेको बताए।

परिवर्तनका सवैखालको आन्दोलनमा संचारको महत्वपूर्ण भूमिका रहँदै आएको बताउँदै अध्यक्ष बस्नेतले भने, ‘पत्रकार सधै परीवर्तनको पक्षमा रहन्छ, तर सरकाले संचारमाध्यमलाई प्राथमिकतामा राखेको देखिनन्।’

सोही क्रममा अध्यक्ष बस्नेतले पत्रकारीताको विकास विना देश विकास नहुने जिकिर गरे। उनले भने, ‘पत्रकारीताको विकास विना समाज, देश, जनताको विकास र समृद्धि सम्भव छैन, पत्रकारीता पनि देश विकासको एउटा खम्वा हो।’

पत्रकार जनताको प्रतिनिधी, अधिकारकर्मी भएको अध्यक्ष बस्नेतले जिकीर गरे। उनले भने, ‘जनताको हरेक दुख, पीडा, खुसिमा साथ रहने पत्रकार जनताका प्रतिधी हुन्, जनताको अधिकारप्राप्तीको निम्ति कलम चलाउने पत्रकार अधिकारकर्मी पनि हुन्।’

सोही क्रममा उनले प्रविधिको विकाससँगै नेपालमा पत्रकारीतामा ठूलो फड्को मारेपनि विश्वसनियतामा कमि आएको बताए। पत्रकारहरुले आफ्नो व्यसायलाई मर्यादित र सम्मानित बनाउन विश्वासनियता कायम गर्नुपर्नेमा जोड दिए। उनले पत्रकारीतालाई विश्वसनिय बनाउन नेपाल पत्रकार महासंघले पहल थाल्नु पर्ने औंल्याए।

सोही क्रममा रामप्रसाद दहालले अनलाई संचारमाध्यम वर्गिकरणको लागि महासंघले सरकारलाई दवाव दिनेगरी आवाज उठाउनु पर्ने बताए। उनले अनलाईन संचारमाध्यमलाई वर्गिकरणमा लाने विषयमा चर्चा चलेपनि सरकारलाई दवाव दिनेगरी कार्यक्रमको आवश्यकता रहेको बताए।

सिरहाका संचारकर्मीहरुले आचारसंहितासँगै पत्रकारहरुको आयआर्जनमा पनि वृद्धिगर्ने खालका कार्यक्रमहरु ल्याउनुपर्ने बताए। उनीहरुले सिंहदरबारबाट शक्ति बाँफाडभएर स्थानीयतहसम्म आएपनि मिडियाको अवस्था फरक रहेको बताए।

उनीहरुले स्थानीय विज्ञापनहरुमा पनि काठमाडौंबाट चलेका संचारमाध्यमकै बोलबाला रहेकाले यसलाई स्थानिय मोफसरका संचारमाध्यम धरापमा परेको बताए। मोफसलका संचारमाध्यमक बचाउने हो भने, स्थानीय स्रोतसाधनमा पहुचपुग्ने व्यवस्था मिलाउन काउन्सिलसँग आग्रह गरे।

नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिरहाका पत्रकार अजुन थपलिया, रामबाबु यादव, जिल्ला सचिव शिवदयादल यादव लगायतले सुझाव र जिज्ञासा राखेका थिए।

GBR UBS