काठमाडौं, २४ पुस। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय शिक्षा ऐन छिट्टै जारी हुने बताएका छन्। काठमाडौंमा जारी एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय समिति बैठकलाई सम्बोधनगर्दै प्रधानमन्त्री प्रचण्डले चाडै जारीहुने संघीय शिक्षा शिक्षकमैत्रीहुने बताएका हुन्।
प्रधानमन्त्री दहालले संघीय शिक्षा ऐन जारी गर्ने विषयमा सरकार गम्भीर रहेको बताए। साथै, उनले नयाँ सरकारले संघीय शिक्षा ऐन जारी गर्ने विषय आफ्नो प्राथमिकतामा राखेको पनिबताए।
‘अघिल्लो सरकारको कार्यकालमापनि संघीय शिक्षा ऐनका केहीकामभएका छन्। तर, ऐन जारी भएन।’ उनलै भने, ‘यसपटक संघीय शिक्षा ऐन ल्याउने कुरा सरकारको प्राथमिकतामा छ। शिक्षाऐन जारी गरेपछि शिक्षा क्षेत्र र शिक्षकहरूसँग सम्बन्धितअधिकांश समस्या सम्वोधनहुने पनिउनले दाबी गरे।
‘शिक्षक अस्पताल हाम्रै पहलमा अगाडि आएको छ,’ प्रधानमन्त्रीले भने, ‘यसलाई सफलकार्यान्वयनगर्ने जिम्मेवारी पनिहाम्रै हो। यसका साथै शिक्षकहरूको सम्मानित जीवनकानिम्ति हामीले केही न केही पहललिनैपर्छ। त्यसतर्फ पनि सरकारले सोचिरहेको छ।’
शिक्षक अस्पताल निर्माणकौ कामपनि अघि बढ्ने भन्दै प्रचण्डले भने, ‘अब संघीय शिक्षा ऐन अघि बढ्छ र शिक्षक मैत्री ऐ्न आउँछ।’ देशको राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणमा शिक्षकहरूको अहम् भूमिका रहेकोमा प्रधानमन्त्रीको जोड थियो।
एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले संगठनको पहलमा संघीय शिक्षा ऐन ल्याएरै छाड्ने बताए। संगठन अब पेशागत अधिकारसँगै पेशागत जिम्मेवारीतर्फ पनि कैन्द्रीत हुने भन्दै गुणस्तरीय शिक्षा सुधारका लागि सुझाब कार्यदल नै बनाएर अघि बढ्ने बताए।
संगठनले प्रधानमन्त्री भएकोमा प्रचण्डलाई शुभकामना तथा बधाइपत्र दिँदै शिक्षक महासंघ र सरकारबीच भएको ५१ बुँदे सम्झौतापत्र बारे स्मरण गराएको थियो। लगत्तै प्रधानमन्त्री प्रचण्डले महासंघसँग भएको उक्त ५१ बुँदे सम्झौता अध्ययन गरी तत्कालै कार्यान्वयनमालग्ने प्रतिबद्धता जनाएका थिए।