बद्री नारायण यादव

सिरहा,२३पुस। हावासँगै बढ्दो चिसो छल्न बरियारपट्टी गाउँपालिकाले दाउरा वितरण गरेका छन्। पालिकाको ५ वटै वडाका चौक तथा विभिन्न बस्तीको सार्वजनकि स्थानहरुमा चिसो छल्न दाउरा वितरण गरेको हो।

कार्यपालिकाको नीति अनुरुप बरियारपट्टी चौक, जानकीनगर चौक, कचनारी, तेनुवाँपट्टी चौक, सोहपुर, बलुवा चौक तथा पालिकाभित्र अन्य सार्वजनिक स्थानहरुमा सय क्यून्टल भन्दा बढि दाउरा वितरण गरिएको जनाइएको छ। श्री शेर गण चोहर्वा सिरहाका प्रमुख सेनानी सुमन थापाको सहयोग र गापाको आर्थिक प्रशासन शाखाका प्रमुख विजय कुमार ठाकुरको समन्वयमा दाउरा वितरण गरिएको बताए।

‘बढ्दो चिसोलाई ध्यानमा राखेर तत्कालका लागि पालिकाको ठाउँ–ठाउँमा दाउरा व्यवस्थापन गरिएको छ,’ बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार महतोले भने,‘आउने केही दिनभित्र चिसो छल्न थप व्यवस्थाका लागि भरपुर प्रयासहरु गरिने छन् ।’ महिला, बालबालिका, जेष्ठ नागरिक तथा शारिरिक रुपमा अशक्त भएका व्यक्तिहरु लक्षित गरी कार्यहरु गर्नुपर्ने भएकाले त्यस तर्फ पनि पालिकाको ध्यान रहेको उनले थपे।

GBR UBS