सिरहा, २१ पुस। विद्यालय शिक्षामा सुधारको लागि नगरपालिकाले समिति बनाएरै काम सुरुगरेको कर्जन्हा नगरपालिकाका प्रमुख भोला प्रसाद पोखरेलले जनाएको छ। मुक्ति नेपालको सहकार्यमा वडा नम्वर ११ को आयोजनामा ‘वडाका सेवा सुविधा चुस्त, दुरुस्त, जनमुखि तथा प्रभावककारी सेवा प्रवाहका लागि सार्वजनिक सुनवाई’ कार्यक्रमलाई सम्वोधन गर्दै नगर प्रमुख पोखरेलले विद्यालय शिक्षा सुधार आवश्यक ठानेर नगरले समिति वनाएरै काम अगाडी बढाएको बताए।

karjhana110

सार्वजनिक सुनवाई कार्यक्रममा उपस्थित सहभागीहरुले सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था कमजोर रहेको गुनासो गरेपछि नगर प्रमुख पोखरेलले सार्वजनिक शिक्षामा सुधारको लागि समिति बनाएर काम अगाडी बढाएको बताएको हो। उनले भने, ‘म आफैले पनि शिक्षाको दुरावस्था देखेको छु, कसरी सुधार गर्न सकिन्छ भन्ने लागेर जनप्रतिनिधी र प्रअहरु सम्मिलित समिति गठन भएको छ। समितिले दिएको सुझावको आधारमा शैक्षिक योजना बन्छ।’

मेयर पोखरलेले शिक्षा र स्वास्थ्यका क्षेत्रमा भएका जानशक्तिलाई ठिक–ठिक ढङ्गले परिचालन गर्न मातहतका शाखाहरुलाई निर्देशन पनि दिए। उनले भने, ‘हामीसँग भएका सवै जनशक्ति सहि ढङ्गले परिचालन होस्, स्वास्थ्यमा औषधी छैन, अपुरो छ, सकिएको छ, भन्ने सुन्न नपरोस्।’

कतिपय कामहरु द्यशैं र निर्वाचनका आचारसंहिताका कारण गर्न नसकिएको भन्दै ति कामहरुपनि अव सुरुहुने बताए। धेरै विद्यालयहरुमा खालि रहेका दरवन्दिमा शिक्षक नियुक्त गर्नुपर्ने काम निर्वाचन आचारसंहिताका कारण रोएिको बताउँदै मेयर पोखरलले अव चाँडै ती कामहरु सुरु गर्ने बताए।

जनमत पार्टीका अशोक साहले विद्यालयको भौतिक पूर्वाधर विकासमात्र प्रगति नभएको बताए। उनले ११ नम्वर वडामा रहेका ३ वटा आधारभुत र एउटा माध्यमिक विद्यालयका प्रअहरुले पूर्वाधार विकासलाई प्रगति विवरणमा प्रस्तुत गरेको प्रति औंल्याउँदै भने, ‘कति नयाँ डेक्स वेन्च थपीयो, भवन बने वा विद्यालयका भवनहरु रङ्याइयो भन्दा पनि कति विद्यार्थी बढे, शैक्षिक गुणस्तरमा कति सुधार आयो भन्ने प्रगति जरुरी छ।’
विद्यालयले निःशुल्क शिक्षा भनेपनि विभिन्न नाममा रकम असुल्ने गरेको प्रति अभिभावहरुले दुखेसको पोखेका थिए।
आयोजक वडा नम्वर ११ का अध्यक्ष किश्मत राईले वडाका कुनैपनि विद्यार्थीले पैसा छैनभनेर पढाइबाट वञ्चित हुनु नपर्ने बताए। उनले भने, ‘मेरो वडाको कुनैपनि विद्यार्थीले पैसा नभएकै कारण १२ कक्षा सम्मको बढाई छोड्नु पर्दैन, न्यून आयभएका विद्यार्थीहरुलाई वडाले पढाईखर्च व्यवस्था गर्छ।’

उनले शिक्षा समाजको विकास मूख्य मेरुदण्ड भएको बताउँदै वडा अध्यक्ष राईले भने, ‘पूर्वाधार विकासको काम पनि हुँदै गर्छ तर वडाबासी शिक्षाबाट बञ्चित हुनुहुँदैन।’

सार्वजनिक सुनवाई कार्यक्रममा मुक्ति नेपालका कार्यकारी निर्देशक श्याम कुमारी साहले सार्वजनिक सरोकारका निकायले चुस्त, दुरुस्त, तथा प्रभावकारी सेवा प्रवाहमा जोड दिनुपर्ने बताए। उनले सार्वजनिक सेवा प्रदायक संस्थाहरु अझै जनमुखि हुन नसकेको बताए। अवका दिनमा सवैले आ–आफ्नो जिम्मेवारी बोधगर्न सके जनताले राहत पाउने बताए।

सार्वजनिक सुनवाई कार्यक्रममा वडाले गरेका प्रगति र प्रस्तावित योजनाहरु प्रस्तुत गरेका थिए। सोही क्रममा वडाक्षेत्र भित्र रहेका जनसेवा माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मी हाय, जनता आधारभुत विद्यालयका प्रअ अनिता महतो, आधारभुत विद्यालय हटलेटवाका विनोद विश्वकर्मा र आधारभुत विद्यालय बस्तिपुरका अमिता महतोले आ–आफ्नो विद्यालयका प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।

त्यसैगरी स्वास्थ्य चौधी बगहाका प्रमुख ज्योति महतोले स्वास्थ्य गतिविधि प्रस्तुत गरेका थिए।
सार्वजनिक सुनुवाई कार्यक्रममा विभिन्न दलका प्रतिनीधि, सामाजिक अगुवा, बुद्धिजिवी तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो।

320482535_1886708688337791_9071140405590767450_n GBR UBS