सिरहा, २१ पुस। मधेशमा चिसो बढेसँगै नेपाली सेनाले सार्वजनिक स्थानहरुमा आगोताप्न दाउरा वितरण गरेको छ । चिसो छल्न जिल्लाको विष्णुपुर गाउँपालिकाका सहित विभिन्न चोक तथा सार्वजनिक स्थानहरुमा नेपाली सेनाका टोलीले दाउरा वितरण गरेको हो। जसबाट अति विपन्न, व्यापारी र आम जनसमुदायहरु प्रत्यक्ष लाभान्वित भएका छन्।
नेपनली सेनाले जोखिमका बेला अन्य समयमा जस्तै जााडोमा पनि न्यानो बनाउने विभिन्न योजनाहरु बनाई रहेको श्री शेर गण चोहर्वाका प्रमुख सुमन थापाले जानकारी दिए। नेपाल पत्रकार महासंघको पहलमा आजबाट सुरुभएको दाउरा वितरण कार्य अन्यत्रपनि जारी रहेने जनाए।
उनले दाउरा मात्र नभई जाडोले कसैको ज्यान नजावोस भन्ने अभिप्रायले न्यानो कपडको समेत उचित प्रबन्ध मिलाइ बाड्ने काम समेत गर्ने प्रमुख थापाले बताए।
दाउरा लिएर आएका श्री शेर गण चोहर्वामन सह–सेनानी ईन्द्र बहादुर खड्काको नेतृत्वमा खटेका टोलीले आफैँ अनुगमण गरेर दाउरा बाडडै गएका थिए।
दाउरा बाड्ने क्रममा विष्णुपुर बजार समिति लगायतका व्यापारीहरु उत्साहित हुँदै टोलीको सँगसँगै दाउरा वितरणमा सघाउ पुर्याएका थिए।