विराटनगर, २० पुस। पाँचथरको फिदिममा आागलागी हुँदा दुईजनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन्। जिल्लाको फिदिम नगरपालिका ८ घुमाउनेटारका मेघबहादुर गुरुङको घरमा गएराति आगलागी हुँदा मेघबहादुका २२ वर्षीया छोरी ममता गुरुङ र २३ वर्षकी बुहारी आशासिंह थेबेको मृत्यु भएको हो।
आगलागिमा परी ५५ वर्षीय मेघबहादुर गुरुङ र उनका छोरा विजेन्द्र गुरुङ भने घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। घाइतेको अवस्था सामान्य छ। जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख हरि खतिवडाका अनुसार घरमा सात जना सुतेका थिए। जसमध्ये तीन जनाले भागेर ज्यान बचाएका छन्।
खतिवडाका अनुसार आगलागीबाट घर पनि पूर्ण रुपमा क्षति भएको छ। विद्युत् लाइन सर्ट भएर आगो लागेको हुन सक्ने प्रहरीले जनाएको छ। गएराति साढे १ बजेतिर लागेको आगो ३ घण्टापछि बिहान ४ बजेतिर नियन्त्रणमा आएको छ।