सिरहा, १६ पुस। गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठले महिला हिंसाको घटनाका पीडितसम्म पुग्नेगरी कार्यक्रमहरु गर्न आवश्यक रहेको बताएका छन्। दलित महिला केन्द्र नेपाल (सीडीडब्लुएन) को अयोजनामा सिरहाको गोलबजारमा शनिवार सम्पन्न स्थनीय परियोजना सल्लाहकार समितिसँग परियोजना बैठकमा मेयर श्रेष्ठले अझैपनि महिलाहरु हिंसामा परिरहेकाले पीडित महिलाहरु लाभान्वित हुनेगरी कार्यक्रम बनाउन अनुरोध गरेका हुन्।

मधेश प्रदेशमा विभिन्न कारणले महिला हिंसाका घटना भईरहेले न्यूनिकरण कार्यमा आफ्नो तर्फबाट पनि सकेको सहयोग गर्ने बताए। उनले भने, ‘सबै खालको हिंसाका घटनाहरु न्यूनिकरण गर्ने जिम्मा नगरको पनि हो, तपाईहरु पनि कामगर्न आउनुभएको छ। हामीसवैले मिलेर समाधान गर्नु पर्छ।’

सोही क्रममा गरिव, दलित तथा विपन्न महिलाहरु झनै बढी हिंसामा पर्ने गरेकाले जनचेतनाको जरुरी रहेको पनि मेयर श्रेष्ठले औंल्यए।

बैठकमा उपस्थित वडा अध्यक्षहरुले जनप्रतिनीहिरुलाई पनि कानुनी तालिमहरु आवश्यक रहेको बताए। उनीहरुले जनप्रतिधीलाई कतिपय अवस्थामा कामगर्दै जाँदा अपठ्याराहरुपनि आईपर्ने भएकाले कानुनी कुराहरुपनि बुझ्नुपर्ने बताए।

संस्थाका अध्यक्ष दुलारी हरिचनले दलित, गरिव तथा पहुँच बाहिर रहेका जनजाती महिलाहरुलाई राज्यको हरेक अङ्गमा पहुँच वृद्धिगर्ने संस्थाको उदेश्य रहेको बताए। उनले विशेषगरेर राजनीतिमा दलित महिला र गरिव तथा विपन्न जनजाती महिलाहरुलाई राजनीतिमा पहुँच पुर्याउने उदेश्य रहेको जनाए।

परियोजनाको उदेश्य, कार्यक्षेत्र, बजेट र कार्यक्रमहरुको विषयमा कार्यक्रम अधिकृत अनिता विशंखेले जानकारी दिए।

बैठकमा गोलबजार नगरपालिका वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो।

GBR UBS