सिरहा, १३ पुस। जनता माध्यमिक विद्यालय अयोध्यानगर, धनगढीमाई नपा ७ कसहाको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा प्रदिप यादव चुनिएका छन्। अभिभावक भेलाबाट चुनिएका चार जना र मनोनित तथा शिक्षक प्रतिधिहरुसहित ९ जना समितिको आज बसेको बैठकले यादवलाई अध्यक्ष चुनेका हुन्।
विद्यालय व्यवस्थापन समितिका सदस्यहरुमा सुनिल कुमार सिंह, प्रमिला कुमारी यादवm विमला देवी महतोलाई अभिभावक भेलाले चुनेका हुन्। जग्गा दाताबाट योगेश कुमार सिंह, शिक्षासेवी कविता कुमारी यादव र शिक्षक प्रतिनीधीबाट रामप्रकाश मण्डलल चुनिएकाको सदस्य सचिव समेत रहेका प्रधानाध्यापक सरेश साह जानकारी दिए।
अभिभावकहरुले सर्वसम्मत रुपमा चारजनालाई छानेका थिए। बैठकले यादवलाई अध्यक्ष बनाएका हुन्।
यस विद्यालयका पूर्व शिक्षक समेत रहेका यादवले विद्यालयको समग्र विकासमा आफ्नो तर्फबाट सवैखालका योगदान गर्न तयार रहेको जनाए। उनले विद्यालयको स–साना समस्याहरुको विषयमा आफूलाई जानकारी भएको भन्दै नवगठित समितिको सहयोगमा विद्यालयलाई व्यवस्थित बनाउने बाचा गरे।