बुद्धिचाल प्रतियोगितामा झापादेखि काठमाडौंसम्मका विद्यार्थी वीरगञ्जमा

    • पुष ९, २०७९
    • ३१६ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, ९ पुष। वीरगञ्जमा पहिलो पटक राष्ट्रियस्तरको अन्तरविद्यालय बुद्धिचाल प्रतियोगिताको आयोजना गरिएको छ । मुनलाईट माविको आयोजनामा आयोजित राष्ट्रिय स्तरको अन्तरविद्यालय बुद्धिचाल प्रतियोगिता शनिवारदेखि शुरु भएको हो।

    वीरगञ्ज महानगरपालिकासँगै नेपाल चेस एशोसिएशन, एनएमबी बैंक, परिवर्तन नेपाल फाउण्डेशन लगायतका संघ संस्थासँगको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो। मुनलाईट माविका प्रधानाध्यापक श्याम केसीको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगञ्जमा राष्ट्रियस्तरको बुद्धिचाल प्रतियोगिता आयोजना हुनु सुखद पक्ष भएको हुँदा आगामी दिनमा राष्ट्रिय स्तरका अन्य प्रतियोगिता पनि आयोजना गरी यहाँको पर्यटनलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन्। यही समयमा जेसिसको राष्ट्रिय सम्मेलनले पनि वीरगञ्जमा धेरै जना पर्यटक आएको र यसले यहाँको होटल तथा पर्यटन व्यवसायलाई प्रत्यक्ष फाइदा पुगेको बताउँदै यस्ता कार्यक्रमहरुमा महानगरले पनि साथ र सहयोग गर्ने बताए।

    काठमाडांैदेखि झापासम्मका विद्यालयका विद्यार्थीहरुको सहभागितामा भएको प्रतियोगिताको उद्घाटन समारोहलाई नेपाल बुद्धिचाल संघका केन्द्रीय सदस्य एवम् वीरगञ्ज महानगरपालिका वडा नम्बर २० का वडाअध्यक्ष रामकिशोर सिंह (पराग), संघका केन्द्रीय सदस्य एवम् राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौलागाई, वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष प्रदीप चौरसिया, प्याबसनका केन्द्रीय सदस्य छेदुप लामा, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई लगायतको उपस्थिती रहेको थियो।

    काठमाडांै, मकवानपुर, रौतहट, सिराहा, झापा, बारा लगायतका जिल्लाहरुबाट १ सय जनाभन्दा धेरै प्रतिस्पर्धीहरु प्रतियोगितामा उपस्थित छन् भने पर्सा जिल्लाका २५ वटाभन्दा बढी विद्यालय तथा कलेजबाट १ सय ५० भन्दा बढी विद्यार्थीहरुले सहभागिता जनाएको प्रतियोगिताका संयोजक एवम् मुनलाईट माविका प्रबन्ध निर्देशक सुलभ केसीले जानकारी दिए।

    अहिलेसम्मकै सबैभन्दा धेरै पुरस्कार राशीको राष्ट्रिय स्तरको अन्तरविद्यालय बुद्धिचाल प्रतियोगिता भएको दावी उनको छ।

    विद्यार्थीहरुलाई अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि जोड दिँदै उत्कृष्ट नतिजासमेत हात पार्न सफल मुनलाईट माविले पहिलो पटक राष्ट्रिय स्तरकै बुद्धिचाल प्रतियोगिताको आयोजना गरेको हो।

    बुद्धिचाल खेलमा रुची भएर पनि अवसर नपाएका र राष्ट्रिय स्तरका र जिल्ला बाहिरका खेलाडीसँग प्रतिस्पर्धा गर्न पाउने अवसर प्रदान गर्न प्रतियोगिताको आयोजना गरिएको टुर्नामेन्ट डाइरेक्टर तथा मुनलाईट माविका प्रबन्ध निर्देशक सुलभ केसीले जानकारी दिए।

    ginlyanda

     

    ५० केजी गाँजासहित भा ...

    बिशाल बस्नेत महोत्तरी, २४ बैशाख। महोत्तरी प्रहरीले ५० ...

    मालपोत कार्यालय तौलि ...

    सिरहा, २४ बैशाख। अख्यिार दुरुपयोग अनुसन्धान आयोगले कपिल ...

    ‘दरिद्र भयो स्कूल !’ ...

    चन्द्रकिशोर झा माघको अन्तिम सातातिर रौतहटको दुर्गा ...

    सप्तरीका अग्नी पीडित ...

    लहान, २३ बैशाख। सप्तरीको महदेवा १, चिम्टिको आगलागी पीडि ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल