जनकपुर, ७ पुस। धनुषाको सबैला नगरपालिकामा विंङ्गर र मोटरसाइकल आपसमा ठोक्किदाँ दुई जना युवकको मृत्यु भएको छ। धनुषाको बिरेन्द्रबजारबाट सबैलातर्फ जाँदै गरेको ना.५ज.८४४० नम्बरको विङ्गर र ज.११ प.५४७३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुदाँ मोटरसाइकलमा सबार धनुषाको सहिदनगर नगरपालिका ५ धवौली निवासी २० वर्षीय अरुण मण्डल र २५ वर्षीय ज्ञानी मण्डलको मृत्यु भएको हो।

दुर्घटनामा परी अरुणको घटनास्थलमै र ज्ञानीको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचनाअधिकारी डीएसपी प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी प्रहरीले जनाए।

ginlyanda