खोटाङ, ४ पुस। खोटाङमा आगलागिका कारण पाँच घर जलेर नष्ट भएको छ । जिल्लाको केपिलासगढी गाउँपालिका ४ बाक्सिला बजारका व्यवसायी दीपक गुरुङको घरबाट आज सोमबार बेलुका सुरु भएको आगोले गुरुङको सहित रमेश परियार, डिल्लीकुमार श्रेष्ठ र शुभराज राईको घर जलेको हो।

बजारका अन्य घरमा आगो फैलिन नदिन अकबर राईको घर एक्स्काभेटर लगाएर भत्काइएको केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राईले जानकारी दिए। आगलागीमा व्यापार व्यवसाय सञ्चालन हुँदै आएका घरहरू जलेको हो।

बेलुकी पौने ६ बजेतिर सुरु भएको आगोलाई स्थानीयवासी र इलाका प्रहरी कार्यालय बाक्सिलाका प्रहरीले ढुङ्गा माटो र पानी हालेर केहीबेरअघि निभाएका छन्। आगलागीको कारण खुल्न सकेको छैन। क्षतिको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले बताए।

ginlyanda