जनकपुर, २७ मंसिर। सशस्त्र प्रहरीलेस्रोत नखुलेको २४ लाख १७ हजार रुपैयाँसहित मङ्गलवार धनुषाबाट एक भारतीयलाई पक्राउ परेको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्य मधुवनी जिल्ला मंगपट्टी वडा १ का २३ वर्षीय उमेश कुमार रहेका सशस्त्र प्रहरी बल धनुषाले जनाएको छ।

धनुषाको विदेह नगरपालिका ९ इटहर्वाको सीमा इलाकामा भारतबाट आउँदै गरेको प्रदेश २–०२–००५ प ५७९८ नम्बरको मोटरसाइकलको ट्याङ्कीभित्र लुकाएर राखेको अवस्थामा २४ लाख १७ हजार रुपैयाँ बरामद गरिएको सशस्त्र प्रहरीलेजनाएको छ।

पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुरधाम पठाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।