सिरहा, १९ मंसिर। तराई मधेशका जिल्लाहरुमा चिसोबढेसँगै सिराहाका विभिन्न पालिकाहरुमा अतिविपन्न घर परीवारलाई कम्वल वितरण गरेको छ। हेल्पिङ हर्ट नेपालको सहयोगमा जिल्लाको लहान, गोलबजार, महनौर,र अर्नमा गाउँ पालिकामा गरी २५० गरिव, दलित, विपन्न तथा एकलमहिलाहरुलाई ब्लाइङकेट प्रदान गरिएको हो।

333

सिराहामा बढदो सितलहरका कारण गरिव,दलितको कठ्याङ्ग्रीएर मृत्यु सम्म हुने गरेको बाट जोगिन जिल्लाको लहान नगरपालिकाको ५ र १९ नम्वर वडामा ५०/५०, थान गोलबजार नगरपालिका ११ बलकावा, नरहा गाउँ पालिका ३ खोरिया, अर्नमा गाउँ पालिका १ महनौरमा ५०/५० घर परीवारलाई कम्वल प्रदान गरिएको संस्थाका जिल्ला संयोजक जियाउद्दिन खानले जानाएको छ।

तराई मधेशमा शितलहरका कारण वर्षेनी गरिव विपन्न परिवार कठ्याङ्ग्रीएर मृत्युसम्म हुने गरेकाले उहाँहरुको जीवनरक्षाको लागि संस्थाले ‘विन्टर रिलिफ कार्यक्रम अन्तर्गत आफ्नो दायीत्व निर्वाह गरेको संयोजक खानले बताए।

उनले भने, ‘तिराई मधेशका विपन्न परिवारले शितलहरका कारण प्रत्यक वर्ष ज्यान गुमाउने गरेको छ, त्यसैले हामीले शितलहरभन्दा पहिला नै उनीहरुको पहिचान गरी कम्वद प्रदान गरेका हौं।’

संस्थाले विगत ३२ वर्षदेखि शिक्षा, स्वास्थ्य र सुरक्षित बसोबास लगायतको सामाजिक कार्यगर्दै आएको खानले बताए।