सिरहा, १८ मंसिर। सिराहाको लहान नगरपालिका क्षेत्रभित्रका २४ वटै वडामा रहेका मोतियाबिन्दु भएका बिरामीहरुले निःशुल्क शल्यक्रिया उपचार पाउने भएको छ । नगरपालिकाले मोतियाबिन्दुका बिरामीलाई लाग्ने सम्पूर्ण खर्च वेहोर्ने भएपछि विरामीहरुले निःशुल्क शल्यक्रिया उपचार पाउने भएको हो।

333

लहान नगरपालिका मेयर महेशप्रसाद चौधरी र लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालका तर्फबाट व्यवस्थापन समिति अध्यक्ष रवीन्द्रलाल चौधरीले निःशुल्क शल्यक्रियासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौतापछि शुक्रबार (१५ मंसिर) देखि चालू आर्थिक वर्ष ०७९–८० को असार मसान्तसम्म अस्पताल व्यवस्थापन समितिको रोहवरमा नगर क्षेत्रका सम्पुर्ण वडाका एक हजार मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिने सम्झौता भएको आँखा अस्पताल लाहानका अस्पताल प्रवन्धक अभिसेक रोषन सिंहले जनाएको छ । उनले भने,‘अन्धोपनको मुख्य कारण मोतियाबिन्दु रहेको जानाए।

‘अस्पतालमा आँखा उपचारका लागि आउने आँखाका बिरामीमध्ये करिब ७० प्रतिशत मोतियाबिन्दुका बिरामी हुने र बाँकी अन्य कारणले समस्या भएका बिरामीहरु ऋाउने गरेको,’ प्रबन्धक सिंहले भने।

मोतियाबिन्दुका विरामीहरुको लागी शल्यक्रियाको क्रममा चाहिने लेन्स, कन्जुमेबल्स तथा अन्य खर्चबापत प्रति विरामी दुई हजार पाँच सय रुपैयाँ नगरपालिकाले उपलब्ध गराउने र बिरामी डिस्चार्ज भई घर फर्किंदा लाग्ने यातायात खर्च अस्पतालले व्यहोर्ने गरी सम्झौता भएको अस्पताल प्रवन्धक सिंहले बताए।

नगरपालिकाको २४ वटै वडामा आँखा जाँच शिविर सञ्चालन गरिने लाहान नगरपालिका प्रमुख महेश चौधरीले जनाएको छ । ‘शिविरमा पहिचान गरिएका मोतियाबिन्दुका बिरामीलाई आँखा अस्पताल ल्याएर निःशुल्क शल्यक्रिया गरिनेछ,’ उनले बताए।

उनले थपे,‘सम्झौताले नगर क्षेत्रका विशेषतः गरिब, दलित, विपन्न, ज्येष्ठ नागरिक र असहायहरूलाई बढी फाइदा पुग्ने नगर प्रमुख चौधरीले बताए।
मोतियाबिन्दुबाट हुने अन्धोपन रोक्न सचेतनामूलक पर्चा पम्प्लेटसहित प्रचारप्रसार गर्ने, आँखा स्वास्थ्य शिक्षाबारे स्थानीय पत्रपत्रिका, एमफएम रेडियो र टेलिभिजन तथा अनलाइन पोर्टलहरूमा सन्देशमूलक विज्ञापन प्रकाशन प्रसारण समेत गरिने उनले बताए।

मोतियाबिन्दको समयमै उपचार गराएउँदा पहिले झैँ देख्न सकिने, तर अरु कारणले उपचार गराउन नगए अन्धोपन हुने जोखिमको सम्भावना बढी हुने भएकाले नगरपालिकाले थालेको काम सह्रानीय रहेको सगरमाथा चौधरी आँखा अस्पतालका व्यवस्थापन समिति अध्यक्ष रवीन्द्रलाल चौधरीले जनाएको छ।