सिरहा, १८ मंसिर। अपाङ्गता भएका व्यक्तिको शक्तिकरणको लागि आफ्नो तर्फबाट सकिने सवैखालको सहयोग गर्न तयार रहेको नगर प्रमुखहरुले प्रतिबद्धता जनाएका छन्। विभिन्न संस्थाको आयोजनामा गोलबजार र कल्याणपुर नगरपालिकामा अपाङ्गता दिवसको अवसरमा शनिवार आयोजित अन्तरकृया कार्यक्रममा नगर प्रमुखहरुले अपाङ्ता भएका व्यक्तिहरुलाई सवैक्षेत्रमा पहुच वृद्धिको लागि तयार रहेको बताए।

333

कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहले अपाङ्गता भएको व्यत्तिहरूको लागि आउदो पुषमा हुने हिउँदे नगर अधिवेशनबाट विभिन्न आफुहरूले कार्यक्रम र बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए। उनले भने, ‘हामी अपाङ्ता भएका व्यक्तिहरुको शक्तिकरणको लागि हिउँदे अधिवेशनमा कार्यक्रम सहित बजेट छुट्याउँछौं; त्यसमा तपाईंहरु ढुक्क भए हुन्छ।’

त्यसैगरि, गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठले अपाङ्गता व्यत्तिका हरेक सेवा सुविधाको लागि नगरपालिका तयार रहेको समेत बताए। मेयर श्रेष्ठले अपाङ्गताभएका ब्यत्तिका समस्या समाधान गरिने र सेवा सुविधामा पहुँच बढाउने समेत बताए।

कार्यक्रममा गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृ अन्नत प्रसाद पौडेलले अपांग दिवको अवसरमा शुभकामना व्यत्त गरे।

दलित विकास मञ्च, मुक्ति नेपाल सहितको संस्थाहरुको आयोजनामा सम्पन्न कार्यक्रममा दलित विकास मञ्चका कार्यक्रम संयोजक जितेन्द्र रायले दुवै नगरपालिकाको अपाङ्गता भएका ब्यत्तिहरुलाई संगठित गरि जनचेतना अभिवृद्धि गरि आफनो हक–अधिकार कोबारेमा आवाज बुलन्द गर्न क्षमताको विकास गर्ने उद्देश्य रहेको बताए।

318298579_533767761965018_3371048742260599801_n