सिरहा, १५ मंसिर। सिरहाको दक्षिणवर्ति बरियापट्टी गाँउपालिकामा आज विहान सालनालसहित वेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ। बरियापट्टी गाँउपालिका ३ बजारदेखि देखी ७०० मिटर पश्चिम र दक्षीणमा कपडामा पोकोपारी राखिएको अवस्थामा नवजात शिशु भेटिएको हो।

स्थानिय अधिकलाल यादब खेत गएको वेला बच्चा रोएको अबाज सुनेपछि उनले गाउँले र प्रहरीलाई अवर गरेका थिए। खवर पाउनसाथ शिशिभएको ठाउँमा पुगेर ईलाका प्रहरी कार्यालय बरियापट्टीबाट पुगेको टोलिले नवजात शिशुलाई उद्धार गरी स्वास्थ्य चौकी बरियारपट्टी पुर्याएका छन्।

शिशु छोरा रहेको २ किलो ८ सय ग्राम वजन रहेको र स्वास्थ्य अबस्था राम्रो रहेको स्वास्थ्यकर्मिलाई उद्धरित गर्दै स्थानिय सञ्चारकर्मि मुकेश यादवले जानकारी दिए।

शिशु जिल्ला अस्पताल सिरहा पठाउने तयारी भई रहेको बताइएको छ।

अवैध सम्वन्धका कारण बच्चा जन्मिएका कारण फालेको हुनसक्ने स्थानीयले अनुमान गरेको छ। लोक लाजका कारण बच्चा आमाले राख्न सक्ने भएकाले पनि फालेका हुनसक्ने हो।

 ab mall 1