सिरहा, १२ मंसिर। सडक डिभिजन कार्यालय, लहान र ठेक्केदार कम्पनिको मिलोमतोमा सडक निर्माणको काम गुणस्तरहिन भैरहेको पाइएको छ । सिरहाको गोलबजार नगरपालिका १० घुर्मीघाट देखि दक्षिण गोलबजार न.पा. ७ पुरानो चोहर्वासम्म ७ किलोमिटर सडक निर्माण कार्यको प्लम वाल निर्माण कार्य गुणस्तरहिन भएको पाइएको हो।
डिभिजन कार्यालय लहान र निर्माण कम्पनी विकास एण्ड ब्रदर्श कन्सट्रक्सन, धनुषाको मिलोमतोमा गुणस्तरहिन कामभैरहेको स्थानीयहरुले आरोप लगाएका छन् । सडकको सव वेस तयार गर्न माटो र ठाउँ–ठाउँमा प्लम वाल जोडने कार्यमा गुणस्तर कायम नभएको स्थानीयको आरोप रहेको छ।
साइड हेर्ने जिम्मा पाएका सडक डिभिजन कार्यालय, लहानका इन्जिनियर सतिश साहकै मिलोमतोमा वाल निमार्ण कार्य गुणस्तरहिन भैरहेको नाम नखोल्ने सर्तमा यही काम गर्ने एकजना मजदुरले बताए । वाल निर्माणका लागि आवश्यक गिट्टी र बालुवा खोलाबाट सिधै ल्याएको उनीहरुको भनाई छ।
खोलबाट ल्याएका बालु, गिट्टी र सिमेन्ट मिश्रण पनि राम्रो नभएको बताइएको छ। हामी पुग्दा कामदारहरुले नपखालिएको गेगर मिसिएको बालु, खोलाबाट सिधै ल्याएको जेनरल साइज (सवै आकार) भएका गिट्टी प्रयोग भएको थियो । यस सम्वन्धमा कामदारहरुसँग सोध्दा उनीहरुले, ‘ठेकेदारले जस्तो सामान ल्याउँछ, हामीले त्यस्तै सामान प्रयोग गर्ने हो; भनी जवाफ दिएका थिए।
सडकको बेस बनाउन माटो र ग्राइभेल पनि यहीँ नजिकैको सामुदायिक वन क्षेत्रबाटबाट ल्याउने गरेको स्थानीयको भनाई रहेको छ । सात किलोमिटर लम्वाइ रहेको उतm सडकमा करिव २ किलोमिटर पक्कि नाला र ठाउँ–ठाउँमा प्लम वाल निर्माण गर्नुपर्ने योजनामा रहेको साइड म्यानेजर लक्षी मुखियाले जानकारी दिए।
निर्माणको काम भैरहेको भएपनि साइड इन्जिनियरको अतोपतो छैन्।
सडक निर्माण कार्य गुणस्तरहिन भैरहेको विषयमा इन्जिनियर सतिश साहले आफु सुपरभिजनमा मात्र जाने गरेको र जाँदा सवै निर्माण सामाग्री गुणस्तरिय नै पाइएको दावी गरे । उनले भने, ‘हामी दिनरात लेवर मिस्त्रीसंग बस्न सक्दैनौ, खोलाको वालुवाको पनि ग्रेडिङ गराएर राख्न मिल्छ ।’ प्रयोग भैरहेको खोलाको ग्रेडिङ नगरिएको इन्जिनियर साहले स्विकार गरे।
सडक डिभिजन कार्यालयले आ.व.२०७८÷०७९ मा २ वर्षको लागि १८ करोडको ठेक्का लागेको इन्जिनियर साहले जानकारी दिए । उनले सडक निमार्णका लागि धनुषा विकास एण्ड ब्रदर्श कम्पनिले ११ प्रतिशत विलोमा टेण्डर स्वीकार गरेको जनाए।
पच्चिस करोडको ठेक्का ठेक्केदारले सहजै रुपमा १८ करोडमा कवुल गर्नु र कमसल कार्य गरेतापनि कार्यालयले निगरानी नगर्नु ‘मिलोमतो’ को गन्ध देखिएको निर्माण व्यसायीहरु बताउँछन्।
उत्तर उदयपुरको सीमा देखि दक्षिण ७ किलोमिटर लम्बाई र ७ मिटर चौडाईमा सडक कालोपत्रे सहितको कामको सुरुवात भएको छ।