सिरहा, १० मंसिर। सिरहा क्षेत्र नं. ३ मा निर्वाचित भएपछि लिलानाथ श्रेष्ठसहितको विजय र्यालीमा सहभागी कार्यकर्ताहरुले शुक्रबार साँझ निकटत्म प्रतिस्पधी विश्वनाथ साहका दाजुको घरमा ढुङ्गामुडा गर्नेमाथि कार्वाही गर्ने सहमति पछि सडक जाम खुलेको छ।

ab mall 333

गोलबजार नगरका पूर्व मेयर देवनाथ साहको गोलबजार नपा ४ स्थित घरमा ढुंगामुढा र एक जनालाई कुटपिट गरेको विरोधमा स्थानीय व्यसायी तथा नेकपा (माओवादी) पार्टीका नेता कार्यकर्ताहरुले शनिबार बिहानदेखि गरेको बजार तथा सडक जाम दोषीमाथि कार्वाहीगर्ने सर्तमा ८ घण्टापछि खुलेको हो।

नेकपा एमालेका नेता तथा नवनिर्वाचित प्रतिनिधी सभासदस्य लिलानाथ श्रेष्ठले घटनाप्रति दुःख व्यक्त गर्दै प्रस विज्ञप्ती जारी गरेको छ। श्रेष्ठद्वारा जारी विज्ञप्तीमा घटनामा संलग्नहरुलाई तत्काल पक्राउ गरी कडा भन्दा कढा सजायको माग गरेको छ।

एमाले कार्यकर्ताको ढुंगामुढाबाट पूर्व मेयर साहको पूझ्यालको सिसा फुटाउनुका साथै त्यसो नगर्न आग्रह गरेका स्थानीय ४३ वर्षीय श्रीचन साहलाई कुटपिट गरी टाउको फुटाएको थियो। उनको टाउकोमा चार वटा टाँका लागेको र स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ। विरोधमा स्थानीय र माओवादी माओवादी कार्यकर्ताहरुले बजार बन्द गर्नुका सथै पूर्व पश्चिम सडकको गोलबजार खण्डमा टायर बालेर सडक अबरुद्ध गरेका गरेका थिए।

टाउको फुटेर चार वटा टाँका लगाइएका घाइते साहको अहिले गोलबजारस्थित लाइफ लंग अस्पतालमा उपचार भइरहेको छ।
सडक अबरुद्धका कारण पूर्वमा–पश्चिम राजमार्गको गोलबजार क्षेत्रमा लामो तथा छोटो दूरीका सयौं सवारी साधन रोकिएका थिए।

माओवादी कार्यकर्ता तथा स्थानीयले उक्त घटनाको विरोधमा शुक्रबार साँँझ साढे ७ बजेदखि पूर्व पश्चिम सडकस्थित गोलबजारमा टायर बालेर राती १० बजेसम्म सडक अबरुद्ध गरेपछि प्रहरीले खुलाएको थियो।

नेकपा माओवादी केन्द्र, सिरहाका जिल्ला इञ्चार्ज अजयशंकर नायकले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै जितको उन्मादमा गरिएको गुण्डागर्दीको निन्दा र भत्र्सना गर्दै तत्काल घटनामा संलग्न व्यक्तिलाई कानुनी कारबाहीको लागि स्थानीय प्रशासनसँग जोडदार माग गरेका छन्।

निर्वाचित उम्मेदवारको उपस्थितिमै उनका कार्यकार्ताले निजी घरमा ढुंगामुढा गर्दै रोक्न खोज्नेलाई कुटपिट गरिनु गुण्डागर्दी मात्र रहेको औंल्याउँदै विज्ञप्तिमा अलोकतान्त्रिक र गुण्डागर्दी हर्कत बन्द गर्न आग्रहसहित लोकतान्त्रिक मूल्य मान्यता अनुसार चल्न सचेत गराइएको छ। अन्यथा त्यसबाट उत्पन्न हुन सक्ने दुर्घटनाको सम्बन्धित पक्षले जिम्मेबारी लिन विज्ञप्तिमार्फत् चेतावनी दिइएको छ।