बादी समुदायका समस्या समाधानका लागि पहल गर्ने नगर प्रमुखको प्रतिबद्धता

    • मंसिर १०, २०७९
    • ३७४ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, १० मंसिर। बाँकेको कोहलपुरका बादी समुदायले आफ्ना मुद्दाहरुको सम्बोधनका लागि पहल गरिदिन सरोकारवालालाई सचेत गराएका छन्। सामुदायिक सशक्तिकरण तथा रुपान्तरण (कमिट) नेपाले आयोजना गरेको ‘बादी समुदायका निर्दिष्ट सवाल र सार्वजनिक सेवाको पहुँचमा स्थानिय निकाय तथा सरोकारवालको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमका अवसरमा आफुहरुले खेप्दै र भोग्दै आएका समस्या एवम् मुद्दाहरुको बारेमा ध्यानाकर्षण गराएका हुन्।

    ab mall 333

    बादी समुदायमाथिको विभेद र हेय दृष्टिको सिकार अहिलेसम्म पनि हुनुपरेको हुँदा समान र सम्मानको वातावरण सृजना गर्नुपर्ने उनीहरुको माग छ। स्थानीय तहदेखि केन्द्रीय सरकारसम्मका विभिन्न क्षेत्र र सामुदायिक तहगत संरचनामा बादी समुदायको पहुँच र समावेशीकरणमा वेवास्ता गरेको भन्दै बादी समुदायले आपत्ती जनाएका छन्।

    जन्मदर्ता प्रमाण पत्र र नागरिकता प्राप्तीमा पनि विभिन्न जटिलताहरु खेप्नुपरेको गुनासो गर्दै उनीहरुले आफ्नै जग्गा नहुँदा सार्वजनिक जग्गामा बस्नु परेकाले आवासको व्यस्वथापन गर्न माग गरेका छन्। बादी समुदायलाई नै लक्षित गरेर व्यवसायिक एवम् आयमुलक तालिमको व्यवस्था गरेर रोजगारीको अवसर प्रदान गर्नुपर्ने माग पनि उनीहरुको छ। एकल महिला, सामाजिक सुरक्षा भत्ता, बृद्धा भत्ता जस्ता सरकारी सेवाबाट वञ्चित भएको उनीहरुको गुनासो छ।

    गरिबीका कारण सपरिवार भारत जाँदा बालबालिकाहरु अध्ययनबाट वञ्चित हुनुका साथै छात्राहरुलाई संघ संस्था र सरकारी निकायबाट उच्च शिक्षाका लागि छात्रवृत्ति सहयोग भएपनि छात्रहरु भने उच्च शिक्षा गर्न सक्ने अवस्था नरहेको विषयलाई पनि उनीहरुले उठान गरेका छन्। साथै परम्परागत पेशा र सिपको संरक्षण र जगेर्नाका साथै प्रोत्साहन गर्नुपर्ने माग उनीहरुले राखेका छन्।

    अन्तरक्रिया कार्यक्रममा बादी समुदायले उठाएका विषयवस्तु एकदम जायज रहेको बताउँदै कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले उपेक्षामा परेका समुदाय आफ्नो प्राथमिकतामा रहेको बताए। बादी समुदायका समस्याहरुलाई गम्भिरताका साथ लिँदै उनले भने, ‘बाल्यकाल देखी नै बादी समुदायको माझमा म हुर्किएको हुँ । बादी समुदायका समस्यासँग नजिकबाट परिचित छु। त्यसैले यि समस्याको सम्वोधनका लागि विशेष कार्यक्रम ल्याउनुका साथै आवासका लागि जग्गा तथा घर निर्माणका लागि सम्बन्धीत निकायमा पहल गर्ने प्रतिबद्धता गर्दछु।’

    बादी समुदायको रोजगारीमा समावेशीता तथा विशेष गरी निशुल्क उच्च शिक्षा हासिल गर्ने वातावरण निर्माणका लागि निति निर्माण गर्ने काम प्रक्रियामा रहेको हुँदा रकम अभावकै कारण उच्च शिक्षाबाट कोही पनि बञ्चित नहुने नगरप्रमुख आचार्यको दावी छ।

    योग्यता र क्षमताअनुसार रोजगारीको व्यवस्था गर्नुका साथै सिपमुलक एवम् व्यवसायमुलक तालिम सञ्चालन गर्ने उनले बताए। नागरिकता तथा जन्म दर्ताको सवालमा स्थानिय सरकारले अभिभावकत्वको भुमिका निर्वाह गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

    संस्थाका अध्यक्ष प्रकाश नेपालीले बादी समुदायको जीवनस्तर उकास्ने खालका योजना र कार्यक्रम ल्याउन नगरप्रमुखको ध्यानाकर्षण गराएका छन्। स्थानिय सरकारले बादी समुदायको विकासका लागि अभिभाकत्व ग्रहण गर्ने अध्यक्ष नेपालीको विश्वास छ। बादी समुदायभित्र पनि एकरुपताको आवश्यक्ता औँल्याउँदै नेपालीले भने, ‘हामी आफै पनि एक हुन नसक्दा सरकारबाट प्राप्त हुने सेवा सुविधा हामीले पाउन सकिरहेका छैनौ। त्यसैले हामीभित्रै एकता हुन आवश्यक छ।’

    त्यस क्षेत्रमा १७२ महिला र १ सय ५५ पुरुषसहित ३ सय २७ बादी समुदायको जनसंख्या रहेको तथ्यांक राष्ट्रिय बादी सञ्जालका अध्यक्ष केशव नेपालीले प्रस्तुत गरेका थिए। कमिट नेपालका कार्यकारी निर्देशकसमेत रहेका नेपालीले प्रस्तुत गरेको कार्यपत्रअनुसार ६१ जना केटा र ८३ जना केटी छन् भने फरक शारिरीक क्षमता भएका ५ जना तथा २२ जना घरबिहिन अवस्थामा छन्। कोहलपुर नगरपालिकाभित्र १७ जना बादी समुदाय जमिन बिहिन छन् भने ५५ जना ऐलानी जग्गामा बसोबास गरीरहेको नेपालले जानकारी दिए। ९ जना एकल महिला, नागरिकता नभएका ५ जना र ११ जना जन्मदर्ता नभएका बादी समुदायको नगरपालिकामा बसोबास रहँदा ६ जना उच्च शिक्षा अध्ययन गर्नेहरु पनि रहेका छन्।

    संस्थाका कार्यक्रम संयोजक प्रकाश नेपालीले अन्तरक्रिया कार्यक्रमको सहजीकरण गरेका थिए। कार्यक्रममा कोहलपुर नगरपालिका वडा नम्बर १२ का अध्यक्ष बिरेन्द्र कुमार शाह, वडा नम्बर १३ का अध्यक्ष डमर बहादुर खडका, कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक, आर्थिक विकास समिति संयोजक, दलित कार्यपालिका सदस्यहरु लगायतको उपस्थिती रहेको थियो।

    सिरहामा १० मिनेट नवि ...

    न्युज कारखाना/सिरहा, १६ चैत । सिरहामा परिक्षा संचालन भए ...

    भूमि बैङ्कको प्रस्त ...

      काठमाडौं, १५ चैत।  ६ किसान संगठनहरूले ...

    गोलबजार मेयर गोल्डकप ...

    सिरहा, १५ चैत। सातौं गोलबजार मेयर गोल्डकप आन्तर्राष्ट्र ...

    कटुवा पेस्तोलसहित बा ...

    फाईल फोटो। सिरहा, १५ चैत। सिरहा प्रहरीले कटुवा पेस्त ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल