सिरहा, ९ मंसिर। सिरहा क्षेत्र नम्वर ३ बाट नेकपा (एमाले) का उम्मेदवार लिलानाथ श्रेष्ठ पूनः निर्वाचित भएका छन्। निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का विश्वनाथ साहलाई एक हजार १८२ मतले पछि पार्दै पूर्वमन्त्री समेत रहेका श्रेष्ठ निर्वाचित भएका हुन।
भर्खरै सम्पन्न मतगणणाको मत परिणाम अनुसार एमाले नेता श्रेष्ठले २८ हजार ६४ र माओवादी केन्द्रका नेता तथा पूर्व मन्त्री साहले २६ हजार ८८२ मत प्राप्त गरेको सिरहाका मूख्य निर्वाचन अधिकृत काजी बहादुर राईले जानकारी दिए।
उनीहरुलाई जनमत पार्टीका दिनेश कुमार यादवले ११ हजार १४६ मतले पछ्याई रहेका थिए।
यस अघि २०७४ को निर्वाचनमा पनि श्रेष्ठ यहि क्षेत्रबाट बाम गठवन्धको तर्फबाट निर्वाचित भएका थिए। त्यसवेला उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का नेता अशेश्वर यादव रहेका थिए।