सिरहा, ८ मंसिर। सिरहा क्षेत्र नम्वर १ बाट नेकपा एमालेका राम शंकर यादव निर्वाचित भएका छन्। उनी नपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री पदम नारायण चौधरीलाई दुई हजार ८३ मतान्तरले पछि पार्दै विजयी भएका हुन्।
यादवले २९ हजार ४६२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी चौधरीले २७ हजार ३७९ मत प्राप्त गरेका छन्।
जनमत पार्टीका युगल किशोर साहले ६ हजार ८४९ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन्।



                    
                            
                                                            


        
        
        















