सप्तरी, ८ मंसिर। सप्तरी १ (२) बाट प्रदेशसभामा जनमत पार्टीका उम्मेदवार सकिल मियाँ निर्वाचित भएका छन्। उनी १६ हजार ५७७ मत ल्याएर निर्वाचित भएका हुन्।
मियाँका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका सुदम्बर यादवले ९ हजार ८८८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
सत्ता गठबन्धन दलको समर्थन पाएका नेपाली कांग्रेसका उम्मेदवार बद्री नारायण माहात्मण यादवले ६ हजार ६१० मत प्राप्त गरे। यो सहित जनमत पार्टीले सप्तरीमा चार प्रदेशसभा सदस्य र एक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भईसकेको छ।