कर प्रशासनलाई मैत्रीपूर्ण बनाउन युवा उद्यमीको आग्रह

    • मंसिर २, २०७९
    • ३३५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, २ मंसिर। वीरगञ्जका युवा उद्यमीहरुले कर प्रशासनलाई करदातामैत्री बनाउन आग्रह गरेका छन्। कर दिवसको अवसरमा नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्जले आयोजना गरेको कर सम्बन्धी अभिमुखीकरणमा युवा उद्यमीहरुले करदातामैत्री कर प्रशासन भए मात्रै राजस्व संकलनमा बृद्धि हुने विश्वास व्यक्त गरेका हुन्।

    एनवाईईएफ वीरगञ्जका अध्यक्ष राकेश साहले करको दायरा विस्तार गरी करदातालाई सम्मान गर्नुपर्नेमा जोड दिए। कर दर्ताको प्रक्रिया सहज बनाए मात्रै करदाता कर तिर्न उत्साहित हुने अध्यक्ष साहको भनाई थियो।

    एनवाईईएफ वीरगञ्जका निवर्तमान अध्यक्ष अनुप अग्रवालले करका प्रावधान र प्रक्रियाका बारेमा करदातालाई सचेत बनाउने खालका चेतनामूलक कार्यक्रम आयोजना गर्न आग्रह गरेका छन्।

    अभिमुखीकरणमा वीरगञ्जस्थित आन्तरिक राजस्व कार्यालयका प्रमुख कपिलप्रसाद सुवेदीले उद्यमीहरुलाई करका विविध पक्षका बारेमा जानकारी दिएका थिए।

    प्रमुख सुवेदीले कर तिर्नु राज्यप्रति करदाताको दायित्व भएको बताउँदै सरकारले करको दायरा फराकिलो बनाउन यसका प्रक्रियाहरूलाई सहजीकरण गरेको बताए। पछिल्लो समयमा प्रविधिको प्रयोगबाट कर प्रणाली करदातामैत्री बन्दै गएको पनि उनले स्पष्ट पारे।

    3

    प्रशासनको मनपरी तन्त ...

    सिरहा, १९ मंसिर। नेपाली काँग्रेस जिल्ला समितिले स्थानीय ...

    अवैध लागु औषधसहित यु ...

    सिरहा, १९ मंसिर। सिरहा प्रहरीले प्रतिवन्धित लागु औषधसहि ...

    ‘प्यारालाइज्ड’ अख्ति ...

    तारा चापागाईं  नेपालको कर्मचा ...

    गणतन्त्र रक्षाको ला ...

    बर्दिवास, १९ मंसिर। नेपाल कम्युस्टि पार्टी (माओवादी केन ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल