सिरहा, १८ कात्तिक। दलित महिला केन्द्र नेपालका उपाध्यक्ष लक्ष्मी परियारले अवको दिनमा घर, थर, समुदाय र पार्टी हेरेर न्यायसम्पादन नगर्न अनुरोध गरेका छन्। सिरहाको गोलबजारमा दलित महिला केन्द्र नेपालद्वारा आयोजित ‘दलित, सीमान्तकृत महिला तथा बालबालिकामाथि हिंसाविरुद्ध लड्न न्यायिक समिति सुदृढिकरण’ विषएक एक दिवसीय तालिममा उपाध्यक्ष परियारले विगतका दिनमा जात, समुदाय, पार्टीका आधारमा न्यायसम्पादन हुने गरेको भन्दै अवको दिनमा त्यस्तो घटना नदोह्याउन अनुरोध गरेका हुन्।

ab-mall 1

जिल्लाका धनगढीमाई, गोलबजार, कर्जन्हा नगरपालिका र नरहा गाउँ पालिकाका न्याय समितीका पदाधिकारीको तालिममा उपाध्यक्ष परियारले २०७४ को निर्वाचनपछि गाउँ गाउँमै सरकार गठन भएकाले यहि पाईने न्याय सर्वसाधारण जनताले सहि र सहज रुपमा पाउने गरेको बताए। स्थानीय तहमा हुने न्याय सम्पाद अझै सहज, चुस्त दुरुस्त र छिटो गर्न सहयोग मिलुन भन्ने उदेश्यले तालिमको आयोजना गरेको बताए।

उपाध्क्ष परियारले देशको अन्य प्रदेशको तुलनामा मधेश प्रदेशमा दलित, महिला, सीमान्तकृत समुदाय र महिलामाथि हिंसाका घटना बढी हुने पाईएकोले संस्थाले विशेष जोडका साथ तालिम, गोष्ठ जस्ता न्यायिक क्षमता अभिबृद्धिको कार्यक्रम ल्याएको बताए।

तालिममा धनगढीमाई नगरपालिकाका न्यायिक समितिका संयोजक तथा उपमेयर संगीता चौधरी, गोलमजार नगरपालिकाका न्यायिक समितिका संयोजक तथा उपमेयर मान्ती साह, कर्जन्हा नगरपालिकाका न्यायिक समितिका संयोजक तथा उपमेयर लक्ष्मी कुमारी श्रेष्ठ, नरहा गाउँ पालिकाका न्यायिक समितिका सदस्यहरु, गोलबजार नपा वडा नम्वर १० का अध्यक्ष तथा न्यायिक समिति सदस्य उपेन्द्र मुखिया लगायतको उपस्थिति रहेको थियो।

तालिमको सहजीकरण कानुन व्यवसायी तथा नेपाल ल क्याम्पस काठमाडौंका सह–प्रध्यापक रोशनी पौडेलले गरेका थिए।

तालिममा स्थानीय न्यायिक समितिले हेर्न पाउने मुद्दा, गर्न पाउने निर्णयहरुको विषयमा गहन छलफल भएका थिए। सो क्रमममा देवानी र फौजदारी मुद्दाहरुमध्येय कस्ता–कस्ता विषयमा न्यायिक समितिले न्यायसम्पादन गर्न पाउने विषयमा छलपलपछि निस्कर्षमा पुगेको सहभागीहरुले बताए।

दलित, महिला, बालबालिका हिंसा र उनीहरुलाई न्यायदिने विषयमा पनि सहभागीहरुविच विशेष छलफल भएको थियो।

तालिमले सवै जनप्रतिनिधीलाई ‘संजीवनी’ को काम गरेको गोलबजार न्याय समितिका सदस्य उपेन्द्र मुखियाले बताए। उनले हामीले न्याय सम्पादन गर्ने क्रममा धेरैखालका समस्याहरु भोग्दै आईरहेका थियौं, यो तालिमले अवको दिनमा थप मदत पुग्ने बताए।

संस्थाका संयोजक पृथा खनालले तालिमको उदेश्यका बारेमा सहभागीहरुलाई गराए।
yamaha bg 1