जनकपुर, १७ कात्तिक। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाबाट एक प्रहरी अधिकारी ४ हजार घुससहित पक्राउ गरेको छ। सीमा प्रहरी कार्यालय जटहीका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक देवकीलाल चौधरीलाई आयोग टोलिले घुस रहक सहित पक्राउ गरेको हो।

नगराईन नगरपालिका २ जटहीस्थित विनायक इन्टर प्राईजेज मदिरा पसलबाट आयोगको टोलीले चौधरीलाई चार हजार रूपैयाँ घुससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

yamaha bg 1