नवलपरासी, १५ कात्तिक। नारायणी नदिमा वनभोज खाएर फर्किर्दै गरेको युवाहरु चडेको डुङ्गा पल्टिदा तीन जनाको मृत्यु भएका छ। दुर्घटनामा दुईजना भाईते भएका छन्। पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको घोलमा डुङ्गा पल्टिँदा वनभोज खाएर फर्किँदै गरेका सुस्ता गाउँपालिका ४ का २२ वर्षीय गुड्डु हरिजन, १८ वर्षीय नीरज हरिजन र १८ वर्षीय रञ्जित गुप्ताको मृत्यु भएको हो ।
घाइते हुनेमा २२ वर्षीय किशोर हरिजन र सोहित सहानी रहेको पश्चिम नवलपरासी प्रहरी प्रमुख ऋषिराम कँडेलले जानकारी दिए। उनीहरूलाई उपचारका लागि भैरहवा लगिएको छ। घटनाबारे थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ।