वीरगञ्ज, १२ कात्तिक। पटकपछक विवादमा तानिदै आएको वीरगञ्जको गण्डकस्थित बाइपास सडकमा रहेको स्पर्श मल्टिस्पेशालिटी हस्पिटल पुनः विवादमा तानिएको छ। कोरोना भाइरसको महामारीमा बढी शूल्क लिएर ठगी गरेको विवादमा तानिनुका साथै शल्यक्रिया गर्ने क्रममा टिकटक भिडियो बनाएर विवादित बनेको स्पर्श मल्टिस्पेशालिटी हस्पिटलको फेरी अर्को प्रकरण प्रकाशमा आएको छ।
हाड सम्बन्धी समस्याको उपचारका लागि अस्पताल आएकी एक नाबालिगलाई अस्पतालकै कर्मचारीले बलतकार गरेको घटना सार्वजनिक भएको हो।
बिरामीलाई खाना ल्याइदिने र बिरामीकी कुरुवा रहेकी ति नाबालिगलाई आर्थिक प्रलोभन देखाएर अस्पतालमा कार्यरत आकाश मण्डलले जबरजस्ती बलात्का गरेको पिडितले प्रहरीलाई जानकारी गराएकी छिन्। पिडितको जाहेरीका आधारमा प्रहरीले घटनामा संलग्न अस्पतालमा कार्यरत आकाश मण्डललाई अस्पतालबाटै पक्राउ गरेको छ।
पक्राउ परेका मण्डललाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए।
यता अस्पतालका सञ्चालक महेश्वर कुर्मीले भने घटनाका बारेमा अनविज्ञ रहेको बताए । चुनावी प्रचारमा व्यस्त हुँदा अस्पतालमा समय दिन नसकेको उनले बताए । पर्साको क्षेत्र नम्बर ३ ९ख० बाट प्रदेश सभा सदस्यमा कुर्मीकी श्रीमती डा। मधु गुप्ता कुर्मी उम्मेदवार छिन्।