सिरहा, ११ कात्तिक। वरिष्ठ राजनीतिज्ञ खुशिलाल मण्डलले मधेशका सचेत नागरिकले नागरिक्ताबाट वञ्तिहरुको लागि सचेतता पूर्वक आन्दोलनमा लाग्नुपर्ने बताएका छन्। जगिया–जानकी विश्वनाथ स्मृति प्रतिष्ठान सिरहा नपा १९ सनहैठाद्वारा आयोजित छात्रवृति वितरण तथा ‘राष्ट्रपति कार्यालयमा अल्झिएको नागरिक्ता विधेयक’ विषयक विचारगोष्ठिलाई सम्वोधन गर्दै मण्डलले मधेशका लाखौंयुवाहरुको नागरिक्ता नहुँदा विभिन्न अवसरबाट वञ्चित हुनुपरेको भन्दै त्यसका लागि सचेततापूर्वक आन्दोलनमा उत्रनुपर्ने बताएका हुन्।
मण्डलले सरकारले मधेशीलाई सधैं नागरिक्ताको नाममा ठग्ने गरेको आरोप लगाए। उनले मधेशमा रहेका नेपालीहरुलाई भारतीय देख्ने शासकहरुकै कारण मधेशमा नागरिक्ता समस्या हुनेगरेको आरोप लगाए। उनले २००९ पछि नागरिक्ता कानुन बनेपनि मधेशको समस्या आजपनि उस्तै रहेको जिकिर गरे।
उनले भने, ‘जन्मका आधारमा नागरिक्ता पाएका सवैका छोराछोरीले सहज रुपमा बंसज नागरिक्ता पाउनु पर्छ, तर सरकार सँधै विभिन्न नाममा यसलाई झन–झन जटिल बनाउँदै छ।’
जन्मसिद्धका बच्चाहरुले नागरिकता नपाउँदा उनीहरु विभिन्न अवसर र आवश्यकताबाट बञ्चित हुनुपरेको बताउँदै तीनहरुका सन्तानहरु अव पढाईबाट समेत वञ्चित हुनुपर्ने अवस्था आएको मण्डलले जिकिर गरे। उनलेभने, ‘नागरिक्ता नहुदा विवाह दर्ता जन्म दर्ता हुँदा तीनका सन्तालने पढाईबाट बञ्चित हुनेअवस्था सृजना भईसकेको छ’ उनीहरुको नागरिक्ता प्राप्तिकोलागि सचेत पूर्वक आन्दोलन गर्नुपर्ने बेला भईसकेको छ।’
मन्तव्यकै क्रममा मण्डलले असली नेपालीहुँ भन्नेहरुको पूख्यौंलीथालेपनि भारत नै भएको बताए। उनले आजपनि भारतमा चन्द, विष्ट, क्षेत्रि, राणाहरु छन्। यिनीहरुका मुल पनि भारत नै हो।
उनले भारतसँग हाम्रो बेटीरोटीमात्र नभएर संस्कार संस्कृती, राजनीतिक, जातिय, आर्थिक लगायत सम्वन्ध रहेको बताए। त्यसले पनि अरुमुलुकजस्तो भारतीयसँगको सम्वन्धलाई हेर्न नसकिने उनले बताए।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थायीसमिति सदस्य तथा सिरहा क्षेत्र नम्वर ३ का प्रतिनिधीसभाका उम्मेदवार विश्वनाथ साहले प्रतिनिधीसभा र राष्ट्रियसभाबाट दुई दुईपटक नागरिकता विधेयक पासगर्दा पनि राष्ट्रपतिले अल्झाएर मधेशी नजताप्रति ठूलो घात गरेको बताए। साहले आफ्नो पार्टीसधै जनताको समस्यालाई केन्द्रमा राखेर कामगर्ने भएकाले अवबन्ने संसदले यसलाई टुङ्गो लगाउने बताए।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष, मधेश सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा सिरहा क्षेत्र नम्वर ‘ख’ का उम्मेदवार प्रमोद यादव, स्वतन्त्र उम्मेदवार गोपाल यादव, जनमनपार्टीका प्रतिनिधीसभाका उम्मेदवार दिनेश यादव लगाएतले नागरिक्ताको नाममा अव धेरैदिन राजनीति नचल्ने बताए।
कार्यक्रममा प्रतिष्ठानका संरक्षण रामरिझन यादवले स्वागत गरेका थिए।
उतकृष्ट दुईछात्रा सम्मानित तथा पुरस्कृत
जनता माध्यमिक विद्यालयमा यसवर्ष एसईई परीक्षामा उत्कृष्ट अङ्कसहित एसईई उत्तिर्ण दुई छात्रा सम्मानित तथा पुरस्कृत भएकी छिन्। उनीहरुलाई प्रतिष्ठानको अक्षयकोषबाट प्राप्त ५/५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ।
उनीहरुको सफल भविष्यको कामना गर्दै प्रमुख अतिथी मण्डलले नगद र प्रमाणपत्र पदान गरेका थिए। उनीहरुको उच्च शिक्षा अध्ययनमा सहयोग पुर्याउने उदेश्यले प्रतिष्ठानले प्रत्येक वर्ष पुरस्कार दिने गरेको छ।