सिरहा ५ कात्तिक । सिरहाको नवराजपुर गाउँपालिकाको आयोजनाम गाउँपालिका स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिका अनर्तगत रहेको १४ वटा विद्यालयहरुको सहभागितामा रमेश महतो स्मृति मा.वि.फुलवरीयामा शनिवार प्रतियोगिता सम्पन्न भएको हो।
नवराजपुर गाउँपालिकाको अध्यक्ष शिव उदगार यादवको अध्यक्षतामा भएको कार्यक्रममा नवराजपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत राज किशोर साहको प्रमुख अतिथिमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ,। कार्यक्रममा गाउँपालिकाको उपाध्यक्ष पुनम कुमारी यादव, वडा अध्यक्षहरु, शिक्षा शाखा प्रमुख मुनेन्द्र यादव, शिक्षकहरु र अभिभावकहरुको उपस्थिति रहेको थियो ।
अध्यक्ष यादवले तिहार र छठ पर्वको शुभकामना दिदैं भने हाम्रा समाजमा लुकेर बसेका प्रतिभालाई समाजमा चिनाउनको लागी यस्तो कार्यक्रम मार्फत उजागर हुने बताए । विधार्थीहरु र प्रतियोगितामा भाग लिने विद्यालयहरुलाई धन्यवाद दिदैं यस्ता प्रतिभा शाली विद्यार्थीहरुलाई पहिचान गर्ने यस्तै खालको कार्यक्रमहरु पटक–पटक गर्न सकेमा समाज रुपान्तरमा महत्पुर्ण भुमिका रहने उनको भनाई छ।
प्रतियोगितामा अवधी फेकनी आधारभूत विद्यालय कर्मनियाका अभिनाश यादव, नविन कुमार पासमान र खुशी चौधरीको समुह प्रथम, रमेश महतो स्मृति मा.वि. फुलवारीयाका अमर महतो, अस्मिता कुमारी यादव र कार्तिक मण्डलको समुह दास्रो र जनता आधारभुत विद्यालय तामासुईयाका सुरुती कुमारी यादव, सागर रजक र करिना खातुनको समुहले तृतीय स्थान हासिल गरेका छन्।
सो अवसरमा अध्यक्ष शिव उदगार यादव र प्रमुख अतिथि राज किशोर साहले प्रथम स्थान हासिल गर्ने अवधि फेकनी आधारभूत विद्यालयलाई पहिलो शिल सहित हरेक विधार्थी लाई नेपाली व्याकरण र अंग्रेजी ग्रामर, दोस्रो स्थान हासिल गर्ने श्री रमेश महतो स्मृति जनता माध्यमिक विद्यालय फूलबरिया जगतपुर दोस्रो शिल सहित हरेक विधार्थी लाई नेपाली व्याकरण र अंग्रेजी ग्रामर, तेस्रो स्थान हासिल गर्ने जनता आधारभूत विद्यालय तामासुईयालाई तेस्रो शिल सहित हरेक विधार्थीलाई नेपाली व्याकरण र अंग्रेजी ग्रामर वितरण गरेका थिए । प्रतियोगिताको सहजीकरण रमेश महतो स्मृति मा. वि. फुलवरियाका प्रधानाध्यापक शिव नारायण यादवले गरेका थिए ।