सुरेश राय /सिरहा, ३ कात्तिक। पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजारमा सडक दुर्घटनामा परी आज विहान ३० जना घाइते भएका छन्, जध्येय ३ जनाको अवस्था गम्भिर छ। गोलबजार नपा ८ चोहर्वामा पश्चिमबाट पूर्वतर्फ गईरहेको प्रदेश १–०५००१ ख ००२९ नम्वरको ट्रकले ना. ७ ख ४९८१ नम्बरको बसलाई सोहीदिसाबाट आइरहेको ट्रक अनियन्त्रित भइ पछाडिबाट ठक्करदिंदा बसमा सवार ३० जना घाइते भएको हो। दुर्घटनामा परि घाइते हुनेहरुको स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार पछि गन्तव्य तर्फ लागिसकेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर राजु केसिले जानकारी जनाएको छ ।

गम्भिर घाइते तीन जनालाई स्थानिय स्वास्थ्यसंस्थामा प्राथमिक उपचार पश्चात थप उपचारकोलागि विराटनगर पठाइएको प्रहरी निरिक्षक केसिले जानएको छ ।

दुर्घटनामा परी झापाको बिर्तामोडका ६० वर्षिया प्रेम कुमार खडका, धादिंगका ५७ वर्षिय श्याम कुमारी, गणेश शर्मा, स्वेता श्रेष्ठ, रंजित थापा मगर, शिब बहादुर थापा लगायत ३० जनाघाइते भएका भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेकामध्येय योगदान राष्ट्रका लागि नामक संस्थामा आवद्धहरु धेरै रहेका छन्। उनीहरु हेटौडामा भएको साधारणसभा सकेर फर्कने क्रममा बस दुर्घटना भएको संस्थाका मोरङ्ग जिल्ला अध्यक्ष संजय ढकालले जानकारी दिए। ट्रम र तनलम प्रअरी नियन्त्रणमा रहेका छ।

ab mall