सिरहा, २ कात्तिक। समाचार संकलनका क्रममा जिल्ला भन्सार कार्यालय सिरहा माडरमा पुगेका दुईजना सञ्चाकर्मीमाथि दुव्यवहार गरेको प्रति पत्रकार महासंघको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। नेपाल पत्रकार महासंघ सिरहाका सचिव शिवदयाल यादव र ग्यालेक्सी फोरकेका सिरहा संवाददाता विनय यादव समाचार संकलनका गर्न मंगलबार पुगेको बेला कार्यालय प्रमुख रामराजाप्रसाद चौरसियाले दुव्यवहार गरेको भन्दै विज्ञप्तीमार्फत खेद प्रकट गरेको हो।

garden

पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैताद्वारा आज जारी विज्ञप्तिमा सिरहामा भइरहेको अवैध तस्करी धन्दा र भन्सारका कर्मचारीले घुस लेनदेन गरी राज्यको राजस्व छली गरिरहेको विषयमा सञ्चारकर्मीद्वयले मंगलबार समाचार संकलनका लागि माडरस्थित सिरहा भन्सार कार्यालय पुग्दा प्रमुख चौरसीयाले अवमान पूर्वक तथानामभन्दै प्रहरी लगाएर थुनाउने धम्की दिएको उल्लेख छ।

महासंघले स्वतन्त्र रुपमा सञ्चारकर्ममा जुटेका पत्रकारलाई कार्यालयका प्रमुख जस्तो व्यक्तिबाट यस किसिमको हर्कत हुनु अत्यन्तै दुस्खद र अशोभनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको जनाएको छ।

घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि हदैसम्मको कारबाही गर्न र पत्रकारको पेशागत सुरक्षाको प्रत्याभूती गराउन सम्बन्धित निकायलाई महसंघले ध्यानाकर्षणसमेत गराएको छ।

ab mall