काठमाडौं, १ कात्तिक। झापाको गौरादह नगरपालिकामा गोली चलेको छ । गोली लागेर एक जना गम्भीर घाइते भएका छन् ।
घटनाको केहिवेरपछि गोली हान्ने व्यक्तिले आफैंलाई पनि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय, झापाका एसपी विश्वमणि पोखरेलले अनलाइनखबरलाई बताए ।
दुवैको विएण्डसी अस्पताल झापामा उपचार भइरहेको पोखरेलले बताए ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय, दमकको टोली पुगेको उनले जनाए ।