बर्दिवास, १ कात्तिक। महोत्तरी सदरमुकाम जलेश्वरमा मगंलबार बिहान नुहाउने क्रममा एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ। जलेश्वर नगरपालिका २ का सञ्जय ठाकुरको १३ वर्षीय छोरा अङ्कित ठाकुर पोखरीमा डुवेर मृत्यु भएको हो।
अस्पताल चोक नजिकै रहेको पोखरीमा बिहान नुहाउन गएका अङ्कित एक्कासि पोखरीमा डुबेर वेहोस भएका थिए। उनलाई तत्काल प्रादेशिक अस्पताल जलेश्वर पुर्याइए पनि उनको अस्माल पुर्याउँदा मृत्यु भईसकेको प्रहरीले जनाएको छ।
अङ्कित जलेश्वरमा रहेको सिमबायोसिस स्कुलको कक्षा ६ मा अध्ययन गर्दै थिए। उनको शव पोस्टमार्टम गरी परिवारजनको जिम्मा लगाइएको छ।